back
NMB ad

दुई अर्ब ९४ करोडको महाकाली सिँचाइ नहर निर्माण तीव्र गतिमा

Kumari bank ad

भीमदत्तनगर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा चालू आवमा थप १५ किलोमिटर नहर निर्माणको तयारी हुँदैछ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरले हालै १५ किलोमिटर नहर निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्का दिएको छ । पन्ध्र किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा समूहमा ठेक्का दिइएको छ ।

आगामी चैत महिनादेखि नै नहर निर्माणको काम शुरु हुने आयोजनाको कार्यालयले जनाएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरमा सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामीले तेस्रो चरणअन्तर्गत नहर निर्माणको ठेक्का भइसकेको जानकारी दिए ।

बितेको तीन वर्षमा तेस्रो चरणअन्तर्गत करिब १३ किलोमिटर मूल नहर निर्माण भइसकेको छ भने १३ दशमलव ६ मिटर चौडाइको मूल नहर कैलालीको मालाखेतीसम्म पु¥याउने लक्ष्य छ ।

चालू आवबाट १२ दशमलव ६९० किलोमिटरबाट नहर निर्माण शुरु भएर करिब २८ किलोमिटरसम्म आगामी तीन वर्षभित्र पुग्ने छ । “अबको तीन वर्षभित्र शुक्लाफाँटा नगरपालिकाको उत्तरमा रहेको फुलेली गाउँसम्म मूल नगर पुग्छ,” उनले भने – “पन्ध्र किलोमिटर नहर निर्माणका लागि रु दुई अर्ब ९४ करोड निर्माणमा खर्च हुनेछ ।”

आयोजना अन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ हुनेछ । “पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७०० हेक्टर सिँचित भएको छ,” धामीले भने – “तोकिएको समयसीमाभित्र नहर निर्माण पूरा हुने सम्भावना निकै कम छ ।” स्वीकृत योजनाअनुसार सन् २०२२ भित्र नहर निर्माण सक्ने भनिए पनि हालसम्म थोरै नहर निर्माण भएको छ ।

त्यसैगरी भारतले तेस्रो चरणको निर्माणका लागि दिने भनेको बजेट अहिलेसम्म प्राप्त नभएको उनले बताए । “अहिलेसम्म सरकारकै लगानीमा नहर बन्दैछ ।” उनले भने – “तेस्रो चरणका लागि भारतले दिने भनेको रु १६ अर्ब यहाँ आइपुगेको छैन ।” तेस्रो चरण नहरको टनकपुर क्षेत्रको भारतीय भूमिमा करिब १ दशमलव २ किलोमिटर नहर भारतले निर्माण गर्नुपर्ने एकीकृत महाकाली सन्धिमा उल्लेख छ ।

झण्डै १३ किलोमिटर नहर निर्माणका लागि गत पुस मसान्तसम्म रु एक अर्ब ६० करोड खर्च भइसकेको आयोजनाको कार्यालयले जनाएको छ । “रु ६० करोड मुआब्जामै खर्च भयो,” आयोजनाका सिडिइ धामीले भने – “शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा नहर निर्माणका लागि प्रक्रिया अघि बढेको छ ।” नहरसँगै साइफन, पुल, ग्रामीण पुल र सडकमा ग्राइभेललगायत काम भइरहेका छन् ।

२०७४ माघ १७ गते प्रकाशित

वि.सं.२०७४ माघ १७ बुधवार १४:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...