back
NMB ad

संगठित गिरोहले काम गर्न नदेला भनेर म चुप लागेर बस्दिनँ, हिम्मत लिएर आएको छु : मन्त्री पण्डित

Kumari bank ad

काठमाडौँ । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेतृत्व कायर, डरपोक र दिनमात्र बिताउने भयो भने कुनै पनि क्षेत्रमा परिवर्तन सम्भव नहुने बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूहको ‘पानी सञ्चार अभियान’ को शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पण्डितले भने, “राजधानीलगायत मुलुकका अन्य भागमा पर्यावरण र वातावरण बिगार्नेलाई दण्डित गर्नु पर्छ र यसका लागि म पूर्ण प्रतिबद्ध भएर कार्य गर्नेछु ।”

दीर्घकालीन रुपमा वातावरण बिगार्न ज–जसले भूमिका खेलिरहेको छ त्यसलाई बन्द गराउन सहयोगका लागि सबैसँग आग्रह गर्दै मन्त्री पण्डितले वातावरणका क्षेत्रमा गर्नुपर्ने कार्यको प्रतिबद्धतासहित केही दिनभित्रै आफूले कार्यक्रम सार्वजनिक गर्ने बताए ।

उनले राजधानी काठमाडौँसहितका क्षेत्रमा भएको वातावरणीय क्षतिलाई आमजनताले अनुभूति गर्नेगरी न्यूनीकरण गरिने दृढता व्यक्त गर्दै भने, “वातावरणका क्षेत्रमा काम गर्दा ज्यान जोखिममा पर्ला, संगठित गिरोहले काम गर्न नदेला भनेर म चुप लागेर बस्दिनँ, काम गर्न आएको छु, हिम्मत लिएर आएको छु ।”

मन्त्री पण्डितले, “मानिसहरुले मलाई कति दिनभित्र काठमाडौँमा मास्क लगाउनु पर्दैन” भनी पटक पटक प्रश्न गरिरहेको स्मरण गर्दै काठमाडौँको धुलोधुवाँले विकराल सामाजिक र स्वास्थ्य समस्या निम्त्याएको र यसको समाधानका लागि योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व सिँचाइ मन्त्री सञ्जय गौतमले मध्य र सुदूरपश्चिम नेपालको चुरे क्षेत्रको दोहनमा एकाएक वृद्धि हुन थालेको छ भन्दै यस्तो कार्यले यस क्षेत्रका लाखौँ जनताको जीवन जोखिममा पर्ने खतरा बढेको बताए ।

जल तथा शक्ति आयोगका सहसचिव माधव बेल्बासेले नेपाली मौलिक संस्कृति र परम्परामा आधारित सिँचाइ प्रविधिलाई समयमै संरक्षण गर्न सकिए ठूलो जनसमूह लाभान्वित हुने र त्यसबाट कृषिको उत्पादकत्वमा वृद्धि भई वर्षेनी बढ्दै गएको खाद्यान्न आयातमा कमी आउने विश्वास व्यक्त गरे ।

युएसएड नेपालका मिसन निर्देशक पिटर ए माल्नाकले पानीका स्थानीय स्रोतको उपयोग गर्ने विधि र त्यसको महत्वको मुख्य जानकार स्थानीय जनता नै हुने भएकाले सञ्चारमाध्यमले स्थानीय जनताका सरोकारलाई ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा युएसएड नेपालको सहयोगमा नेवापसद्वारा सञ्चालन हुने जलस्रोतको संरक्षण र व्यवस्थापनको प्रवद्र्धनसम्बन्धी पानी सञ्चार अभियानको शुभारम्भ गरिएको थियो ।

उक्त अभियानअन्तर्गत कर्णाली, राप्ती र महाकाली नदी जलाधार क्षेत्रको जलस्रोतको अवस्था, जीवन पद्धति, जलाधार संरक्षणका स्थानीय असल अभ्यासजस्ता विषयमा रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट प्रचारप्रसार गर्नाका साथै जलाधारको महत्व र समस्याका बारेमा स्थानीयस्तरमा छलफल र अन्तक्र्रिया गरिने नेवापसका अध्यक्ष अर्जुन ढकालले बताए ।

२०७४ फागुन ५ गते प्रकाशित

वि.सं.२०७४ फागुन ५ शनिवार २३:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...