back
NMB ad

१० करोड कारोवार गर्दै सम्पन्न अन्तर्राष्ट्रिय कृषि मेला

Kumari bank ad

काठमाडौँ । झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राज्धानीको भृकुटीमण्डपमा आज सम्पन्न भएको छ ।

नेपाल, भारत, बंगलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्याण्डसलगायत मुलुकका विभिन्न व्यवसायीले सञ्चालन गरेको प्रदर्शनीकक्ष प्रदर्शनीमा राखिएको थियो ।

कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारदेखि शुरु भएको सो मेलामा रु १० करोडभन्दा बढी रकमको कारोवार भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेश सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड (सोनालिका), महेन्द्रा कम्पनी, पोषकदाना, नेपाल पोल्ट्री महासंघ, कृषि उद्यम केन्द्र–नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा साना औजार, यन्त्रदेखि कृषि, दुग्ध उद्योग तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको बिक्रीवितरण भएको थियो ।

२०७४ फागुन ६ गते प्रकाशित 

वि.सं.२०७४ फागुन ६ आइतवार १९:५३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...