back
NMB ad

पर्यटन बोर्डको घोटाला काण्डमा विशेषले गर्यो फैसला, को को परे कारवाहीमा ?

Kumari bank ad

काठमाडौ । विशेष अदालतले नेपाल पर्यटन बोर्ड घोटालामा बोर्डका पुर्व सिइओ सहित तीन जनालाई सजाय सुनाएको छ । बोर्डमा एक अर्ब बढीको घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० मा मुद्दा दायर गरेको थियो ।

घोटाला मुद्दाको सुनुवाई गर्दै विशेष अदालतका न्यायधीशहरु द्वारिकानाथ जोशी र नारायण प्रसाद पोखरेलको इजलासले पुर्व सिइओ निरौलालाई ७ वर्ष जेल सजाय सुनाएको छ ।

निरौलालाई कैद संगै ८० लाख ५१ हजार ३ सय रुपैया बिगो र ५४ लाख ५९ हजार सात सय रुपैया जरिवाना सजाय तोकेको छ । यस्तै बोर्डका तत्कालिन लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई समेत दोषी देखाएको छ ।

लेखा प्रमुख दासलाई ६ वर्ष कैद संगै ५० लाख २९ हजार रुपैया बिगो र २४ लाख ३७ हजार ४ सय रुपैया जरिवाना तथा महेन्द्र खनाललाई एक लाख ५४ हजार रुपैया बिगो तिराउने फैसला गरेको छ । २३ जना विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको भएपनी बाकी २० जनाले सफाइ पाएका छन् ।

२०७४ फागुन १० गते प्रकाशित

वि.सं.२०७४ फागुन १० बिहीवार १९:२८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...