back
NMB ad

पाटा एडभेन्चर ट्राभल मार्टमा नेपालको साहसिक पर्यटन प्रवद्र्धन

Kumari bank ad

काठमाठौँ । एडभेन्चर इन न्यू इरा (नयाँ युगमा साहसिक पर्यटन) नाराका साथ आयोजित मार्टमा साहसिक यात्रा तथा पर्यटन क्षेत्रको विविधता, चुनौती एवं अवसरका बारेमा यहाँ छलफल गरिएको छ ।

यही फेब्रुअरी २१ देखि २३ सम्म युएईको अल आइनमा आयोजित पाटा एडभेन्चर ट्राभल एण्ड रिस्पोन्सिबल टुरिज्म मार्टमा ३३ वटा मुलुकका १८० जनाको सहभागिता रहेको थियो । सो मार्टमा नेपालबाट पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसहित ११ वटा निजी पर्यटन व्यावसायिक कम्पनीको सहभागिता रहेको थियो ।

संस्कृति तथा पर्यटन विभाग, आबुधाबीका कार्यकारी निर्देशक सुल्तान अल मुतावा अल धहेरीले मार्टको उद्घाटन गगरेका थिए ।

पाटा अन्तर्राष्ट्रियका प्रबन्ध निर्देशक डा मारिओ हार्डीले पाटाले प्रशान्त एसिया क्षेत्रभित्र रहेका सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिका लागि हितकारी योजना निर्माण, हरेक गन्तव्य वा देशको विशेषता र विविधताको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।

पाटा नेपाल च्याप्टरका प्रबन्ध निर्देशक सुरेशसिंह बुडालले नेपालमा हरेक प्रकारको साहसिक पर्यटकको तिर्खा मेटाउने स्रोत तथा बस्तुसेवा उपलब्ध भएकोले नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा सक्रिय प्रबद्र्धन तथा बजारीकरण गरिनुपर्ने बताए ।

काठमाडौँसँग सातामा ७० भन्दा बढी हवाई उडानले जोडिएको अरेबियन बजार नेपालका लागि उच्चस्तरीय पर्यटक भएको सम्भाव्य स्रोत मार्केट हो । नेपाल अरबी मुलुकमा साहसिक गन्तव्यको रुपमा परिचित छ ।

सन् २०१२ मा राजकुमार बदर बिन खालिद बिन फाहदले सफलतापूर्वक सगरमाथाको आरोहण गरी सातवटै महाद्वीपका उच्च हिमश्रृंखला आरोहण गर्ने पहिलो साउदी अरबी नागरिक बनेका थिए ।

प्रत्येक वर्ष पाँच हजारदेखि छ हजार अरेबियन पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । प्राकृतिक, सांस्कृतिक तथा साहसिक यात्राको बेजोड संयोजनले सजिएको नेपालका अन्नपूर्ण, काठमाडौँ उपत्यका, मुस्ताङ, पोखरा, चितवनलगायत मनमोहक गन्तब्यको उचित बजार अनुसन्धान तथा प्रबद्र्धन भएमा अधिकतम अरेबियन पर्यटकलाई नेपाल घुम्न प्रेरित गर्न सकिन्छ ।रासस

२०७४ फागुन १३ गते प्रकाशित

वि.सं.२०७४ फागुन १३ आइतवार १८:१० मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...