back
NMB ad

प्रदेश नं. २ मा पनि वाम गठबन्धनसहितको सरकार गठन हुने

Kumari bank ad

राजविराज । प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठन हुनसक्ने नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए ।

नेपाल बुद्धिजीवी परिषद्, सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित ‘होलीको शुभकामना, बधाई तथा सम्मान कार्यक्रम’ मा नेता मण्डलले प्रदेशको समृद्धि र विकासका लागि वाम गठबन्धनसहितको सरकार बनाउने प्रयास भइरहेको बताए ।

“प्रदेशलाई आर्थिकरुपमा समृद्ध र विकसित बनाउन सबै पार्टीको सहकार्य आवश्यक छ,” नेता मण्डलले भने, “प्रदेश नं २ मा राजपा र फोरमका प्रदेश सांसद नै अनुपस्थित भएर विश्वासको मत नपुग्ने अवस्थामा हामीले विश्वासको मत पनि दिएका छौँ ।” मधेश र मधेशी जनताको पक्षमा कम्युनिष्ट पार्टी नै रहेको कुरा व्यवहारबाट जवाफ दिने उनले बताए ।

राष्ट्रियसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले केन्द्रमा फोरम–राजपा तथा प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठनको प्रयास भइरहेको बताए ।

मधेशी जनता र सरकारबीच पुलको काम गर्ने बताउँदै उनले कामले मधेशको पक्षमा कम्युनिष्ट पार्टी रहेको पुष्टि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

२०७४ फागुन १५ गते प्रकाशित

वि.सं.२०७४ फागुन १५ मंगलवार ११:२७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...