back
NMB ad

प्रदेश नंं ३ को राजधानी पायक पर्ने ठाउँमा तोक्न नगरपालिका संघको आग्रह

Kumari bank ad

काठमाडौँ । नेपाल नगरपालिका संघ प्रदेश नंं ३ ले प्रदेश नंं ३ को अस्थायी राजधानी अपायक भएकाले पायकपर्ने ठाउँमा सार्न माग गरेका छन् ।

अहिले सरकारले प्रदेश नंं ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको हेटौँडामा राखिएको छ । संघका प्रदेश नं ३ संयोजक भरतबहादुर केसीले विज्ञप्ति जारी गर्दै सबै जिल्लाको समान दूरी र पहुँचको हिसाब हुने ठाउँमा सार्न माग गरेका छन् ।

नेपाल सरकारले हालै मात्र नगरपालिकाका प्रमुख र उपप्रमुख, वडाअध्यक्ष र सदस्यको मर्यादाक्रम मानमर्दन गर्ने किसिमले तोकिएकाले त्यसलाई तत्काल सच्याउन माग गर्दै संघले जारी गरेको विज्ञप्तिमा निर्वाचित जनप्रतिनिधिको सेवा सुविधा तोक्ने समेत आग्रह गरिएको छ ।

प्रदेश कानून बनाइ चाँडै नै जनप्रतिनिधिको सेवासुविधा तोक्न प्रदेश सरकारसँग माग गर्दै संविधानमा संघ र प्रदेश सरकारसँग रहेको साझा अधिकारलाई पनि तत्काल कानून बनाइ स्थानीय सरकारमैत्री बनाउनसमेत संघले विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

यस्तै संघले शिक्षा र स्वास्थ्यमा पठाइएको बजेट कम भएकाले अपुग रकम पठाउन तथा स्थानीय सरकारमा समायोजन हुन बाँकी रहेका कर्मचारी तत्काल पठाउन सरकारसँग आग्रह गरिएको छ ।

सरकारले कर्मचारी समायोजन नहुँदासम्मका लागि अस्थायीरुपमा स्थानीय तहको कार्य सञ्चालनका लागि कर्मचारी खटाएको थियो । तर ती कर्मचारी अझै नपुगेको संघले जनाएको छ ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गरी सो अनुरुप स्थानीय सरकारलाई पर्याप्त हुने रकम उपलब्ध गराउनसमेत संघको माग छ ।

२०७४ फागुन १७ गते प्रकाशित

वि.सं.२०७४ फागुन १७ बिहीवार २१:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...