back
NMB ad

इन्स्योरेन्सको करिब १ अर्बको हकप्रद खुल्यो, आजै गर्नुहोस आवेदन

Kumari bank ad

काठमाडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रदमा आईतबार अर्थात आजबाट आवेदन खुल्ला गरेको छ । कम्पनीले १ बराबर १.६ को अनुपातमा हकप्रद निष्काशन गरेको हो ।

कम्पनीको हकप्रदमा बैशाख २ गतेसम्म आवेदन गर्न सकिनेछ । चुक्ता पुँजी ६१ करोड २ लाख रुपैँया रहेको कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

गत फागुन १७ सेयरधनी पुस्तिका बन्द गरेको कम्पनीले ९७ करोड ६३ लाख २० हजार रुपैँया बराबरको १६० प्रतिशत हकप्रद निष्काशन गरेको छ । कम्पनीको हकप्रदमा फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

१ सय ६० प्रतिशत हकप्रदको बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिको नियम अनुसार चुक्ता पुँजी बढाउनको लागि कम्पनीले हकप्रद निष्काशन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख खुद नाफा गरेको कम्पनीको दोस्रो बजारमा सेयरमूल्य छ सय पचास रुपैँया रहेको छ । इन्स्यारेन्सले हाल कायम पूँजी र हकप्रदले समेत पाउने गरि समायोजित १२.५ प्रतिशत बोनस समेत वितरण गर्नेछ ।

हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको अहिलेको अवस्थामा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर कुल सम्पत्तीको मूल्य १३१४ रुपैयाँ छ ।

२०७४ फागुन २७ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २७ आइतवार ०९:२० मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...