back
NMB ad

पोखरामा हुने बैंकिङ–बीमा एक्पोको यस्तो छ तयारी

Kumari bank ad

पोखरा । यहि चैत ११ देखि पोखरामा हुने बैंकिङ एक्स्पोको तयारी पुरा भएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवं मिडिया इन्टरनेसनलको आयोजनामा आईतबारदेखि २ दिनसम्म चल्ने बैंकिङ एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंक, पोखरा शाखाका का.मु. निर्देशक तिलबहादुर गुरुङले प्रदेश नम्बर ४ को मूख्य केन्द्र पोखरामा सबै क्षेत्रका मानिसहरु केन्द्रीकृत हुनेहुनाले वित्तीय चेतना सम्बन्धि कार्यक्रमहरु पोखरामा आयोजना हुनु राम्रो भएको बताए ।
‘पोखरा प्रदेश नम्बर ४ को प्रदेश मुकाम र शहर भए पनि यहाँ वित्तीय चेतना धेरै आवश्यक छ’ पत्रकार सम्मेलनमा बोल्दै कामू निर्देशक गुरुङले भने–‘यस क्षेत्रका धेरै मान्छे अझै पनि बैंकिङ पहुँच बाहिर छन्, ति मान्छेलाई यो एक्स्पोले वित्तीय चेतनाबारे बुझाउन सक्छ भन्ने मैले बिश्वास लिएको छु ।’
डेभलपमेन्ट बैंकर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले मुलुकमा ४० प्रतिशतमात्रै जनता बैंकिङ पहुँचमा रहेको भन्दै वित्तीय चेतना फैलाउने यस्ता कार्यक्रमहरु मुलुकका विभिन्न ठाउँहरुमा आयोजना गर्नुपर्ने बताए । मिडिया इन्टरनेसनले वित्तीय चेतना अभिवृद्धिका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले वित्तीय चेतना बढाउने कार्यक्रममा सधै सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
आयोजक संस्था मिडिया इन्टरनेसनलका अध्यक्ष एवं वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले प्रदेश नम्बर ४ को बैंकिङ हवको रुपमा रहेकाले पोखरामा एक्स्पो आयोजना गर्न लागिएको बताए । प्रदेश नम्बर ४ नागरिकलाई लक्षित गरी एक्स्पो आयोजना गरिएको जानकारी दिदै संयोजक निर्दोषले भने–‘अहिले हामीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेका छौं, ति विद्यार्थीलाई वित्तीय चेतना बुझाउन सके उनीहरुले नै आफ्ना अविभावकलाई बुझाउछन् ।’
पत्रकार सम्मेलनमा डेभलपमेन्ट बैंकर्स एशोसिएसनका सचिव एवं गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, पोखरा फाइनान्सका सीईओ राजकुमार गुरुङ साथै विभिन्न बैंक वित्तका शाखा प्रवन्धकहरुको उपस्थिति थियो ।
राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य साथै बैंकर्स संघ, विकास बैंकर्स संघ, वित्तीय संस्था संघ तथा माइक्रोफाइनान्स बैंकर्स संघको साझेदारीमा हुने बैंकिङ एक्स्पोको बैंकिङ पार्टनरमा प्रभु बैंक र गरिमा विकास बैंक रहेका छन् ।
आइतबार राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिीवि नेपालले उद्घाटन गर्ने एक्स्पोमा २ दर्जन भन्दा बढी बैंक, बीमा तथा वित्तीय संस्थाका स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । उद्घाटन शत्रमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईको समेत उपस्थिति रहने बताइएको छ ।
आइतबार र सोमबार बिहान १० बजेदेखि साझ ५ बजेसम्म सञ्चालन हुने एक्स्पोमा सेमिनार, अन्तरक्रिया साथै उद्यमशीलता सम्बन्धि वृत्तचित्र प्रदर्शनी समेत गरिने कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिए ।

२०७४ चैत ८ गते प्रकाशित

वि.सं.२०७४ चैत ८ बिहीवार २२:२१ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...