राँची । भारतीय जनता दलका सर्वोच्च नेता लालु प्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ । उनलाई सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट ३ करोड १३ लाख भारतीय रूपैँया बराबरको सम्पत्तीको दुरुपयोग गरेको आरोप छ ।
सिबिआई का न्यायाधीश शिवपाल सिंहले बिहारका पूर्व मुख्यमन्त्री यादवलाई भारतीय दण्ड संहिता आईपीसी तथा भ्रष्टाचार निवारण अधिनियम उल्लङ्घनका दुई फरक फरक अभियोगमा सात सात बर्ष गरी १४ बर्ष जेल सजाय तोकिदिएको बताए ।
पूर्व मुख्यमन्त्री तथा भारतीय राजनीतिमा चर्चित व्यक्ति यादवका सल्लाहकार प्रभात कुमारले निर्णयपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विशेष अदालतको निर्णयमाथि भारतीय उच्च अदालतमा पुनरावेदन गर्ने जनाए ।
अदालतको यही मार्च १९ मा भएको सुनुवाईले ६९ बर्षीय आरजेडीका प्रभावशाली नेता यादवसहित १८ जनालाई उक्त काण्डमा दोषी ठहर गरेको छ ।
२०७४ चैत ११ गते प्रकाशित
वि.सं.२०७४ चैत ११ आइतवार १३:०२ मा प्रकाशित