back
NMB ad

तोकियो प्रदेश ४ का मुख्यमन्त्रीदेखि वडा सदस्यसम्मको सेवा सुविधा, हेर्नुहोस कस्को कति ?

Kumari bank ad

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री, मन्त्रीसहित प्रदेशसभाका पदाधिकारी तथा सदस्य र स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक एवं सेवा सुविधासम्बन्धी विधेयक आज प्रदेशसभामा प्रस्तुत भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रदेशसभामा टेबुल गरे ।

प्रस्तुत विधेयकअनुसार मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीका लागि मासिक पारिश्रमिक स्वरुप क्रमशः रु ६० हजार ९७०, ५२ हजार, ४९ हजार र ४७ हजार प्रस्ताव गरिएको छ । उनीहरुका लागि आवास सुविधाको व्यवस्थाको प्रस्तावसमेत प्रस्तुत विधेयकमा गरिएको छ ।

अतिथि सत्कारका लागि मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले क्रमशः रु ४० हजार, १५ हजार र १०÷१० हजार पाउने व्यवस्था गरिएको छ भने सञ्चार सुविधाअन्तर्गत क्रमशः रु पाँच हजार र दुई÷दुई हजार दिने व्यवस्था विधेयकमा उल्लेख छ ।

यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखलाई मासिक पारिश्रमिक स्वरुप क्रमशः रु ५३ हजार र ५० हजार व्यवस्था गरिएको छ भने विपक्षी दलको नेतालाई उपसभामुख बराबरको हैसियतमा तलब सुविधा दिने उल्लेख छ । सभामुख र उपसभामुखलाई आवास उपलब्ध गराइने छ भने समितिका सभापति, दलका सचेतक र सदस्यका लागि आवासस्वरुप रु १५ हजार उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

विधेयकमा दलका सचेतकलाई मासिक पारिश्रमिक स्वरुप रु ४७ हजार र समितिका सभापतिलाई रु ४९ हजार तय गरिएको छ । प्रदेशका सांसदहरूलाई पारिश्रमिक स्वरुप रु ४५ हजार तलब र बैठक भत्ता स्वरुप प्रत्येक दिन रु ७५० निर्धारण गरिएको छ ।

त्यस्तै स्थानीय तहका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा बनेको विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको मासिक सुविधा रु ४० हजार र उपप्रमुखका लागि रु ३० हजार निर्धारण गरिएको छ । सदस्यहरूलाई सुविधा स्वरुप रु आठ हजार निर्धारण गरिएको छ ।

महानगरपालिकाका प्रमुखलाई मासिक सुविधा रु ४५ हजार र उपप्रमुखका लागि रु ४० हजार निर्धारण गरिएको छ भने वडाध्यक्षलाई रु २५ हजार दिइने उल्लेख छ । त्यस्तै यहाँका वडा सदस्य र महानगरसभाका सदस्यका लागि रु आठ हजार सुविधा सो विधेयकमा प्रस्ताव गरिएको छ ।

महानगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षका लागि प्रतिमहिना मासिक सञ्चार सुविधाअन्तर्गत क्रमशः रु तीन हजार, एक हजार पाँच सय र एक हजार प्रस्ताव गरिएको उक्त विधेयकमा नगरपालिकाका प्रमुखका लागि मासिक रु ३५ हजार र उपप्रमुखलाई रु ३० हजार सुविधा दिइने व्यवस्था गरिएको छ । वडाध्यक्षलाई रु २० हजार र सदस्यलाई रु सात हजार सुविधा प्रदान गरिने विधेयकमा प्रस्ताव गरिएको छ ।

त्यस्तै मासिक सुविधाअन्तर्गत गाउँपालिकाका अध्यक्षलाई रु ३१ हजार, उपाध्यक्षलाई रु २६ हजार र वडा अध्यक्षलाई रु १८ हजार प्रस्तव गरिएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षले सञ्चार सुविधाअन्तर्गत प्रतिमहिना क्रमशः रु एक हजार पाँच सय, एक हजार र आठ सय पाउने छन् । गाउँकार्यपालिका सदस्य एवं सभाका सदस्यलाई सुविधा स्वरुप छ÷छ हजार प्रस्ताव गरिएको छ ।

प्रस्तुत विधेयक प्रदेशसभाबाट पारित भई प्रमाणीकरण भएपश्चात मात्र प्रदेश एवं स्थानीय तहका पदाधिकारीलाई पारिश्रमिक एवं सेवा सुविधाका लागि बाटो खुल्ने छ । रासस

२०७४ चैत १२ गते प्रकाशित

वि.सं.२०७४ चैत १२ सोमवार २२:३४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...