back
NMB ad

सैनिक सम्मेलनमा १८ हजार पूर्व सैनिक भेला हुँदै

Kumari bank ad

काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक भोलि शनिबार १८ हजारभन्दा बढी भूपू सैनिकको जमघट हुँदैछ । उपत्यका पृतना मातहतका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपू सैनिक टुँडिखेलमा भेला हुने नेपाली सेनाले जनाएको छ ।

भूपू सैनिक सम्मेलनका अवसरमा ती जिल्लाका पूर्व सैनिकहरु एकै पटक टुँडिखेलमा भेला हुन लागेको हो । यस पटकको पूर्व सैनिकको सम्मेलन २०७३ माघ २१ गते धनगढीबाट शुरु भएकामा शनिबार टुँडिखेलमा मैजारो हुँदैछ । यस बीचमा नेपालगञ्ज, सुर्खेत, बुटवल, खैरेनीटार, पोखरा, सिन्धुली, त्रिशूली, धनुषा, भरतपुर, इटहरी, हिले र गाईघाटमा सम्मेलन भइसकेका छन् ।

पछिल्लो समय प्रत्येक प्रधानसेनापतिको कार्यकालमा एक पटक मुलुकभर पूर्व सैनिकको सम्मेलन गर्ने नीति सेना कार्यान्वयनमा ल्याएको छ ।विगत द्वन्द्वको समयमा लामो समयसम्म रोकिएको भूपू सम्मेलन २०७० सालदेखि शुरु भएको थियो । मुलुकभर भूपू सैनिकको संख्या ७० हजारको हाराहारीमा छ ।

सम्मेलनका क्रममा पूर्व सैनिकको जीवनस्तर उकास्न सञ्चालन हुने लघुवित्त कार्यक्रमका लागि सहुलियत ब्याजदरमा ऋण प्रदान र स्वास्थ्य शिविरजस्ता सेवामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सम्मेलनका बेला सैनिक नेतृत्वबाट पूर्व सैनिकका गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रचलन छ । त्यसैगरी, भूपू सैनिकबाट बहालमा रहेकै झझल्को दिने गरी परेड तथा जिल्लागत रुपमा सांस्कृतिक झाँकी प्रस्तुत हुने गर्छ ।

२०७४ चैत १६ गते प्रकाशित

वि.सं.२०७४ चैत १६ शुक्रवार १७:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...