back
NMB ad

दाईजो कम ल्याएको भन्दै श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

Kumari bank ad

पर्सा । दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई घरका पक्षले मार्ने प्रयास गरेको खुलेको छ । पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन् ।

रविनासँग रहेको सुनको गहना लिई घरबाट निकाल्न खोज्दा उनले ससुराली पक्षको प्रतिरोध गरेपछि घरका पक्षले जीउमा आगो लगाई मार्ने प्रयास गरेको रविनाले प्रहरीलाई जानकारी दिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

यही चैत १३ गते श्रीमान् साविर, ससुरा फरजन मिया धोवी, सासू शोभा खातुन लगायतका ससुराली पक्षले कुटपिट गरी शरीरमा आगो लगाएको घटना भएपनि आज सार्वजनिक भएको हो ।

नौ दिनसम्म घरमा लुकाई राखिएकी रविनाले आज उम्किन सफल भई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सम्पर्क गरेपछि उनलाई उचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको छ ।

रविनाको कम्मरदेखि तल शरीरको दाहिने भाग जलेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । रविनाको दाहिने खुट्टा र कम्मरमा आगोले जलेर भएको घाउ उपचार अभावमा बिग्रिएको चिकित्सकको भनाइ छ ।

रविनाले दिएको उजुरको आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाउनुको साथै ससुराली पक्षलाई जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन मातहतका प्रहरी चौकीलाई निर्देशन दिएको नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

भारतको दिल्लीमा काम गर्ने रविनाका श्रीमान साविरले उतै कान्छी राखेको र कान्छीबाट एउटा छोरो समेत रहेको रविनाले प्रहरीलाई बताएको प्रहरीको भनाइ छ । विवाह भएको तीन वर्ष बित्दा समेत रविना आमा बन्न नसकेपछि साविरले कान्छी भित्र्याइ घरबाट निकाल्न खोजेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

२०७४ चैत् २३ गते प्रकाशित

वि.सं.२०७४ चैत २३ शुक्रवार ०८:०२ मा प्रकाशित

You can share this post!

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...