back
NMB ad

 रिलायन्स फाईनान्सको ५ लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामीमा, हेर्नुहोस् कहाँवाट दिने आवेदन

Kumari bank ad

काठमाडौं । रिलायन्स फाइनान्सले चैत २६ गते देखि संस्थापक समूहको ५ लाख ३५ हजार ३१४.५२ कित्ता सेयर लिलामी बिक्री खुला गर्दैछ । यसअघि चैत १ देखि ८ गतेसम्म पनि यही संख्यामा संस्थापक र सर्वसाधारण समूहको १ लाख १० हजार ६२६.०८ कित्ता सेयर लिलामीमा ल्याएको थियो । तर त्यस अवधिमा संस्थापक समूहबाट आवेदन नपरेपछि फेरि लिलामी गर्न लागिएको हो । यसपटक भने यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ ।

लिलामी भर्ने अन्तिम समय वैशाख ३ गते तोकिएको छ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १००० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् ।

२०७४ चैत २५ गते प्रकाशित

वि.सं.२०७४ चैत २५ आइतवार १७:३१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...