महेन्द्रनगर । धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो । बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ ।
२०७४ चैत २६ गते प्रकाशित
वि.सं.२०७४ चैत २६ सोमवार १३:४५ मा प्रकाशित