back
NMB ad

नझुक्किनु होला अब पाँच सयको नयाँ नोटमा एउटैमात्र पाटे बाघ हुनेछ

Kumari bank ad

काठमाडौं । नयाँ ५ सय रुपैयाँको नोटमा एउटा मात्र पाटे बाघ देख्नु भयो भने नक्कली हो कि भनेर नझुक्किनु होला । किनभने राष्ट्र बैंकले बुधबारदेखि प्रचलनमा ल्याएको ५ सयको नयाँ नोटमा अब एउटा मात्र पाटे बाघको चिन्ह रहनेछ । नयाँ ५ सयको नोट साबिककै आकारमा भए पनि पाटेबाघ भने एउटा मात्र रहेको छ । यसअघि ५ सयको नोटमा २ वटा बाघहरुको चित्र थियो ।

नयाँ नोटमा अब अगाडिको बायाँतर्फ सगरमाथा हिमालको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप छ । यस्तै, नोटको तल्लो भागमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत हुनेछ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको हुनेछ ।

लाली गुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले छापेर नोट पहिचान गर्न सक्ने गरी दुईवटा कालो थोप्लाहरु राखिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ५ सय रुपैयाँको नोटको पछाडिपट्टिको माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुनेछ ।
यस्तै ३.५ मिलिमिटर चौडा भएको र रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको हुनेछ । सगरमाथा हिमालको दायाँ तर्फको तल्लो भागमा रहेको अण्डाकार भित्र रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहनेछ ।

नोटको बीच भागमा पाटेबाघको चित्र रहेको छ । नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज फाइभ हन्ड्रेड लेखिएको हुनेछ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०१६ एडी लेखिएको हुने राष्ट्र बैंकले जनाएको छ ।

२०७५ बैशाख १२ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १२ बुधवार १८:३२ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...