back
NMB ad

१० प्रतिशत हकप्रद पछि, सिद्धार्थ बैंकको २ लाख १४ हजार कित्ता सेयर लिलामी आउँदै

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकको १० प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । सिद्धार्थले ६८ लाख २६ हजार ११७.१९ कित्ता सेयर बिक्री खुला गरेकोमा ६६ लाख ११ हजार ५१७ कित्ताका लागि मात्र आवेदन परेको हो । अझै २ लाख १४ हजार ६००.१९ कित्ता हकप्रद बिक्री हुन सकेको छैन । बिक्न बाँकी हकप्रद सेयर सिद्धार्थले अब लिलामीमा ल्याउनेछ ।

बैंकले फागुन २ गतेदेखि चैत ६ गतेसम्म ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब १ करोड २१ लाख ७१ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामी बिक्रीपछि चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २२ करोड ५१ लाख ९३ हजार खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा २८.०२ प्रतिशत धेरै हो । प्रतिसेयर आम्दानी २० रुपैयाँ २२ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९५ पैसा छ ।

२०७५ बैशाख १४ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १४ शुक्रवार २०:१४ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...