back
NMB ad

तेजाप छर्किंदा एक गम्भीर घाइते

Kumari bank ad

चितवन । भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नलाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सुजितकुमार विकले धादिङनै घर भई सोही घरमा डेरा गरी बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई तेजाप छर्किएका हुन् ।

एउटै कोठामा बसेर मादक पदार्थ सेवन गरिरहेका उनीहरुको बीचमा विवाद भएपछि विकले महर्जनलाई तेजाप छर्किएको प्रहरीले जनाएको छ । घाइते महर्जनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । महर्जनको आँखा, मुख र घाँटीमा तेजापले पोलेको छ । विकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

२०७५ बैशाख २४ प्रकाशित

वि.सं.२०७५ वैशाख २४ सोमवार ११:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...