back
NMB ad

नदी कटानले जग्गा बगर बन्यो, त्यही बगरमा गरिएको तरकारीखेतीबाट लाखौं आम्दानी

Kumari bank ad

तुलसीपुर । कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजाराँै किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखाँै रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका हुन् ।

देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा सयाँै किसानले व्यक्तिगत रुपमा र अन्यले २०० वटा समूह बनाएर अहिले बगरमा सामूहिक तरकारीखेती गरिरहेका छन् ।

राप्ती नदी आसपासका एक नगरपालिका र दुई वटा गाउँपालिकामा रहेका दुई हजार किसानले बगरखेतीबाटै एक मौसममा एकजनाले रु ८० हजारदेखि रु चार लाखसम्म आम्दानी गर्न सफल भएको बगरमा तरकारीखेती गरिरहेकी लमही नगरपालिका बलरामपुरकी प्रमिला चौधरीले बताउनुभयो ।

उहाँका अनुसार नदीले कटान गरेर बगर बनाएको एक सय हेक्टरभन्दा बढी जमिनमा तरकारीखेती गरेर देउखुरीका विपन्न समुदायका किसानले यतिबेला राम्रो कमाइ गरिरहेका छन् ।विशेष गरेर पुसदेखि जेठ महिनासम्म तरकारीखेती हुने गरेको छ ।

किसान नन्दु चौधरीले आठ वर्षअघि स्थानीय उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले उपलब्ध गराएको बीउ तथा मल र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा त्यहाँ किसानले बेमौसमी तरकारी भिन्डी, बोडी, लौका, फर्सी, करेला, परवर, गाजर, खरभुजाको व्यावसायिकखेती गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले एक दिनमै प्रतिकिसानले ७० देखि ८० किलोसम्म तरकारी बारीबाटै बिक्री गर्न गरेका छन् ।

अहिले यहाँ उत्पादन भएको तरकारी जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही, लमही, भालुबाङ नारायणपुरलगायतका बजारका साथै बुटवल, नेपालगञ्जमा समेत पुग्ने गरेको छ ।

२०७५ बैंशाख ३० गतै प्रकाशित

वि.सं.२०७५ वैशाख ३० आइतवार १६:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...