back
NMB ad

सूर्या लाइफको ८७ हजार कित्ता हकप्रद बिक्री खुल्यो, कहाँवाट दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सोमबारदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय अंकित मूल्यका २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदमा असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं तथा आस्वामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । यस्तै, सूर्या लाइफको उपत्यका भित्रका नक्साल, काठमाडौं र पाटन, ललितपुर तथा उपत्यका बाहिरका अधिकांश शाखाबाट पनि आवेदन दिन मिल्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब एक करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । जीबन बीमा कम्पनीले बीमा समितिको निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुई अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ करोड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा कम्पनीले ९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य सोमबार प्रतिकित्ता ७२० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

२०७५ बैशाख ३१ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३१ सोमवार १७:०६ मा प्रकाशित

You can share this post!

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...