back
NMB ad

निर्वाचनसँग सम्बन्धित हिंसामा आठ जनाको मृत्यु

Kumari bank ad

नयाँ दिल्ली । भारतको पश्चिम बङ्गाल राज्यमा स्थानीय निकायको निर्वाचनसँग सम्बन्धित झडप तथा हिंसात्मक गतिविधि हुँदा एक सञ्चारकर्मीसहित कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । सोमबार बिहान ७ः०० बजे मतदान शुरूभए पछि राज्यका विभिन्न स्थानमा झडपहरू भएको बताइएको छ ।

एक भारतीय टेलिभिजन च्यानलले बताएअनुसार भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का सक्रिय कार्यकर्ता तथा उहाँकी धर्मपत्नीको राज्यको दक्षिण २४ परगना जिल्लामा शङ्कास्पद भारतीय त्रिनामुल कँग्रेसका समर्थकले लगाएपछि मृत्यु भएको छ । उत्तर परगनामा पनि (माक्र्सवादी) का एक कार्यकर्ताको विष्पोटनका कारण मृत्यु भएको छ ।

त्यसैगरी त्रिनामुल कँग्रेसका एक जना समर्थकको कुकतुलीमा मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नाइडा जिल्लाको शान्तिपुर क्षेत्रमा बुथ कब्जा गरेको आरोपमा त्रिनामुल कँग्रेसका विद्यार्थी नेताको हत्या गरिएको छ । मुर्सिदावादमा भएको वम विस्पोटमा परी भारतीय जनता पार्टी (भाजपा) का एक कार्यकर्ताको निधन भएको छ ।

मुर्सिदावादको न्वाडामा स्वतन्त्ररूपमा प्रतिस्पर्धाका लागि उम्मेदवार रहेका एक जनालाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ । प्राप्त समाचार अनुसार दिउसो ३ बजेसम्ममा झण्डै ५० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने कतिपय स्थानमा मतदानलाई प्रभावित पार्न विष्फोटन गराइएका छन् भने कुच बेहार जिल्लामा भएको विष्फोटनका कारण २० जना घाइते भएका छन् ।

दक्षिण २४ परगना जिल्लामा सञ्चारकर्मी चढेका गाडीलाई लक्षित गरी आक्रमण हुँदा कम्तीमा पाँच पत्रकार घाइते भएका छन् । कतिपयस्थानमा मतपेटिका लुटिएको वा आगो लगाइएको छ भने कतैकतै मतपत्र च्यातेका कारण निर्वाचन स्थगित भएका छन् ।निर्वाचनलाई सम्पन्न गर्ने शिलशिलामा निर्वाचनस्थल र वरपरका क्षेत्रमा हुलदङ्गा गर्ने समूहलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

२०७५ बैशाख ३१ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३१ सोमवार १९:४५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...