back
NMB ad

चक्रपथमा मोनोरेल अध्ययन गर्दै चिनियाँ टोली, गुड्ला त काठमाडौंमा रेल !

Kumari bank ad

काठमाडौं। काठमाडौं महानगरपालिकाले चक्रपथमा मनोरेलको सम्भाव्यता अध्ययनका लागि चीनको चाइना रेलवे २५ व्युरो ग्रुप कम्पनीलार्इ जिम्मा दिएको छ। शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्य र चाइना रेलवेका महाप्रवन्धक लि होङगकीले सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कम्पनीले छ महिनाभित्रमा महानगरलार्इ सम्भाव्यता अध्ययन रिपोर्ट बुझाउने छ। सोही रिपोर्टका आधारमा मोनोरेल निर्माण कार्य अघि बढार्इने काठमाडौं महानगरपालिकाले जनाएको छ। सो अवसरमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन,कामपाकी उपमेयर हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादव कोर्इराला लगायतको उपस्थिति थियो।

काठमाडौं महानगरपालिकाले मोनोरेलको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीहरुलार्इ आशयपत्र माग गरेको थियो। चाइना रेलवे ग्रुप कम्पनीले गत बैशाख २० गते महानगरमा इच्छापत्र बुंझाएको थियो। सोही आधारमा बैशाख २४ गते मेयरको अध्यक्षतामा बसेको वैठकले उक्त कम्पनी नै उपयुक्त भन्दै सम्भाव्यता अध्ययनका लागि दिने निर्णय गर्यो। उक्त निर्णय अनुसार छ महिनामा रिपोर्ट बुझाउने गरि सम्झौता गरिएको काठमाडौं महानरगपालिकाले जनाएको छ।

सम्झौता अनुसार कम्पनीले चक्रपथमा मनोरेल सञ्चालनका लागि आर्थिक, प्राविधिक, आवश्यकता, दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने उल्लेख गरिएको छ। अध्ययनपछि उपयुक्त विकल्पहरु सिफारिस गर्ने बताइएको छ।

सम्झौतापछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै पालामा मोनोरेल चलाएरै छाड्ने दाबी गरे। ‘मोनोरेल चलाउछु भनेको एक बर्ष भैसक्यो,विधि मिलेपछि काम गर्ने बाटो खुल्छ,काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यहि दिशामा लक्षित छौ’उनले भने। उनले आफ्नै कार्यकालमा चक्रपथमा मनोरेल कुदाएर देखाउने प्रतिवद्धता समेत गरे।

ललितपुरका मेयर चिरीबाबु महर्जनले आफुले महानगरवासीलार्इ सरल जीवनयापन गर्न सुविधाको सुन्दर उपहार दिन लागिपरेको बताए। ‘मोनोरेल निर्माण व्यवस्थापन तथा संचालन कार्यले काठमाडौंसँगै ललितपुर महानगरको समृद्धिसंग पनि उत्तिकै सम्बन्ध राख्छ, हरेक सवालमा काठमाडौं र ललितपुर महानगर सहकार्य गर्दै बढ्ने छ उनले भने।

सम्झौता अनुसार पहिलो महिना अध्ययनका लागि आधार तयार गरेर सम्भाव्यता अध्ययन थालिनेछ। फाइनल प्रतिवेदन कम्पनीले छ महिनामा बुझाउने छ। बिजमाण्डु

२०७५ जेठ ११ गते प्रकाशित

वि.सं.२०७५ जेठ ११ शुक्रवार १६:४८ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...