back
NMB ad

‘भाग्यले बाँचेकाहरु’ पहिलोपटक यूएईका तीन शहरमा प्रदर्शन हुने

Kumari bank ad

काठमाडौँ । डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ आगामी महिना मध्यपूर्वको यूएईमा प्रर्दशन हुने भएको छ ।  लमजुङ समाज यूएईको आयोजनामा आबुधाबी, शाहरजा र दुबई शहरमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुन लागेको हो । लमजुङ समाजका महासचिव शिवजंग गुरुङका अनुसार, जुन १५ तारिख दिउँसो २ बजे आबुधाबीस्थित अल अहलिया अस्पतालको हल, जुन १६ तारिख बिहान १० बजे शाहरजास्थित मम हाउस रेष्टुरेण्ट र सोही दिन दिउँसो २ बजे दुबईस्थित सिल्भर स्पोन रेष्टुरेण्टमा ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनका लागि कार्यक्रम तय गरिएको छ । प्रदर्शनबाट उठेको रकम लमजुङको परोपकारी कार्यमा खर्च गरिने महासचिव गुरुङले बताउनुभयो ।

कार्यक्रमलाई सफल बनाउन समाजका उपाध्यक्ष बाबुराम सापकोटाको संयोजकत्वमा कमिटी गठन गरिएको लमजुङ समाजका अध्यक्ष महेश पराजुलीले जानकारी दिनुभयो । संसारका विभिन्न देशमा अवार्ड जितेको ‘भाग्यले बाँचेकाहरु’ आफूहरुले पहिलोपटक यूएईमा देखाउन पाउँदा खुसी लागेको बताउँदै उहाँले कार्यक्रम भव्य हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । ‘यो वृत्तचित्र फिल्म यूएईमा पनि प्रदर्शन हुन लागेकोमा असाध्यै खुसी लागेको छ,’ भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भने, ‘यसले मध्यपूर्वमा रहेका नेपाली र विदेशी नागरिकको मन जित्नेछ ।

’ भाग्यले बाँचेकाहरुको विशेष प्रदर्शनीमा निर्देशक पाण्डेसँगै निर्मात्री शारदा गैरे र लमजुङका संचारकर्मी आश गुरुङले नेपालबाट सहभागिता जनाउँदैछन् । साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको भाग्यले बाँचेकाहरुको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।

२०७५ जेठ १३ गते प्रकाशित

वि.सं.२०७५ जेठ १३ आइतवार १७:४१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...