back
NMB ad

हराएका चार नेपाली बालकको भारतबाट उद्धार

Kumari bank ad

बर्दिया । भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताउनुभएको छ ।

एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएको कर्णबहादुर थापाको छोरा ५ वर्षीय दिलीप थापा, बाँके सिमलघारी घरभएका हजारी विकको छोरा १३ वर्षीय अरुण विक, रुकुम सानेचौर घर भएका जुना परियारको छोरा १२ वर्षीय रविन परियार र बर्दिया गुलरिया–९ घर भएकी दिलमाया विकको छोरा ११ वर्षीय अजय विकलाई उद्धार गरेर ल्याइएको महिला विकास अधिकृत बस्नेतले बताउनुभयो ।

ती उद्धार गरेर ल्याइएका बच्चालाई अहिले जिल्ला सेवा केन्द्र गुलरियामा पुनःस्थापनाको लागि राखिएको उहाँले बताउनुभयो । ती बच्चालाई भारतबाट ल्याउन धेरै दिनको प्रयासबाट दुई दिन लगाएर नेपालमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले हराएका बच्चाको संरक्षणका लागि सरकारले नीति बनाउनु पर्ने बताउँदै पुनःस्थापनापछि बालबालिकाको हकअधिकारको व्यवस्था राज्यले गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

यस वर्ष जिल्ला बालकल्याण समिति तथा महिला तथा बालबालिका कार्यालय, बर्दियाले पाँच बालक र एक बालिका गरी छ जनालाई उद्धार गरेको महिला तथा बालबालिका कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

२०७५ जेठ १८ गते प्रकाशित

वि.सं.२०७५ जेठ १८ शुक्रवार १०:५५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...