back
NMB ad

बैंकहरुको व्याजदर बढाउने प्रतिस्पर्धामा सेन्चुरीले उछिन्यो सबैलाई

Kumari bank ad

काठमाडौं । नेपाल बैंकर्स एसेसियसनले भद्र सहमती खारेज गरेलगत्तै बैंकहरुबीच ब्याजदर बढाउने तिब्र प्रतिस्पर्धा चलेको छ । ब्याजदर बढाएर निक्षेप तान्ने दौडमा हालसम्म सबैलाई पछि पार्दै सेन्चुरीले सर्वाधिक व्याजदर दिने निर्णय सार्वजनिक गरेको छ ।

सेञ्चुरीले एक बर्षे मुद्धतीको ब्याजदर १२.५० प्रतिशत पुर्याएको छ । बैंकले ३ देखि ६ महिनासम्मको मुद्धती खातामा वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिना देखि एक वर्षसम्मको मुद्धती खातामा वार्षिक १२.५ प्रतिशत ब्याज प्रदान गर्ने योजना अघि सारेको हो ।

यसअघि मंगलबारबाटै प्राईम कमर्सियल बैंकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँमा एक बर्ष वा सोभन्दा बढी अवधिको मुद्धती निक्षेपमा बार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको थियो । सिभिल बैंकले तीन लाख रुपैयाँ न्यूनतम मौज्दात राख्नुपर्ने २२२ दिने मुद्धती खातामा १२.२२ प्रतिशत र १० हजार न्यूनतम मौज्दात रहेको चन्द्रसूर्य बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

२०७५ जेठ २९ गते प्रकाशित

वि.सं.२०७५ जेठ २९ मंगलवार १७:०९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...