back
NMB ad

प्रदेश तीन सरकारद्वारा ३५ अर्ब ६१ करोड ५६ लाख रुपैंया बजेट प्रस्तुत (पूर्ण पाठ)

Kumari bank ad

हेटौंडा । ३ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैंया बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले शुक्रबार ३५ अर्ब ६१ करोड ५६ लाख रुपैंया आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो ।

प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुखले यसअघि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र मन्त्रालयबाट प्रदेश सभामा पेश भएको विनियोजदन विधेयकको सिद्धान्त र प्राथमिकतामा केन्द्रित भई आगामी बर्षको लागि बजेट विनियोजन गरिएको मन्त्रि ढुङ्गेलले बताउनुभयो ।

सरकारले संघीय राज्य प्रणालीको मर्म र भावना बमोजिम स्थानीय तहलाई सबल र सुदृढ बनाउनको लागि अन्तर सरकारी हस्ताण्तरण मार्फत एकसय १९ वटै स्थानीय तहमा विभिन्न अनुदानको शिर्षकमा पाँच अर्ब २८ करोड ८२ लाख रुपैंया बजेट विनियोजनाा गरेको छ ।

नेपाल सरकारले सशर्त अनुदानका रुपमा उपलब्ध गराएको १० अर्ब ६१ करोड ५६ लाख रुपैंयालाई समेत आम्दानीको रुपमा लिएर सम्बन्धित मन्त्रालयहरु मार्फत खर्च गरिने गरी बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री ढुङ्गेलले बताउनुभयो ।

प्रदेश नम्बर ३ को समृद्धिको आधारको रुपमा रहेको पूर्वाधार विकास, सामाजिक आर्थिक उनन्यन, पर्यटन, उर्जा र कृषिलाई उच्च प्राथमिकतामा राखी बजेट बिनियोजन गरिएको उहँँले बताउनुभयो । बजेटले निर्दीष्ट गरेको योजना तथा कार्यक्रमहरु तेस्रो चौमासिक सम्म ७० प्रतिशत वित्तिय प्रगति हुने गरी सरकारले बजेट विनियोजन गरेको बताएको छ ।

हेर्नुहोस बजेटको पूर्ण पाठ 

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2018/06/Budget-Speech-075-76-P3-1.pdf” title=”Budget Speech 075-76 P3 (1)”]

२०७५ असार २ गते प्रकाशित

वि.सं.२०७५ असार २ शनिवार १३:१९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...