back
NMB ad

“मन्त्रीको जिम्मेवारी देशैभरी हो, कसैले क्षेत्र जित्ने देश हराउने गरी काम गरेको रहेछ भने त्यस बिषयमा गम्भिर छु” : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँसदहरुले आफूलाई विकाशका नायकका रुपमा प्रष्तुत गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने साँसदहरुसंग आइतबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले गाउँगाउँमा सरकारको नीति तथा कार्यक्रमका बारेमा जनतालाई बुझाउने, सरकारका कामकारबाही बारे जनतामा सन्देश प्रवाह गर्ने काम साँसदहरुले गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । बजेट विनियोजनमा केही कमिकमजोरी भए त्यसलाई आगामी बर्षको बजेट सच्याउनु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

साविकका सरकार भन्दा यो सरकार फरक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “अहिले जस्तो जनताप्रति जिम्मेवारी भएको सरकार विगतमा थिएनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “किनकि यो सरकार बहुमतको हो । यसको जनताप्रतिको उतरदायित्व पनि त्यत्तिकै धेरै छ ।”


नेपाल नयाँ ठाउँमा भएकोले यस्तो अवस्थामा केही चुुनौति भए पनि देशलाई अघि बढाउने सम्भावना अधिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “विगतमा व्यवस्था परिवर्तन, संगन निर्माण र प्रचारका काम धेरै गरियो । अब त्यतिले पुग्दैन । जनताले देखिने गरी परिणाम दिनुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हिजो भ्रष्टाचार रोक्नु पर्छ भन्दा हुन्थ्यो तर आज भ्रष्टाचार साँच्चिकै रोक्ने जिम्मेवारी हामीमा छ ।”

आगामी असोज ३ गते भित्र संविधान कार्यन्वयनका लागि आवश्क कानुनहरुको निर्माण, प्रशासनिक पुनसंरचना र कर्मचारी समायोजनका काम पनि सक्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नयाँ परिस्थितीसंग मिल्नका लागि सबै साँसदहरुलाई आधुनिक प्रविधिसँग परिचित हुन र सूचनामा अद्यावधिक हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीका बारेमा प्रतिपक्षले लगाएका आरोपको कडा प्रतिवाद गर्न साँसदहरुलाई निर्देशन दिनुभएको छ । जनताले कम्यूनिष्ट पार्टीलाई दिएको अभिभारा सरकारले मात्र पुरा गर्न नसक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “जनताको यो अभिभारा सरकारको एक्लो प्रयासले मात्र सफल हुँदैन यसमा साँसदहरुको महत्वपूर्ण भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

मन्त्रीहरुका कार्यशैलीका बिषयमा साँसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्रीले आफू गम्भिर रहेको बताउनुभएको छ । “मन्त्री कुनै क्षेत्रको मात्र होइन देशको हो । मन्त्रीको जिम्मेवारी देशैभरीका विकास निर्माण हेर्ने हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “कसैले क्षेत्र जित्ने देश हराउने गरी काम गरेको रहेछ भने त्यस बिषयमा म गम्भिर छु ।”

सरकारलाई असफल हुने छुट नभएको भन्दै प्रधानमन्त्री ओलीले जनतामा आशावादीताको सन्देश प्रवाह गरेर विकास र समृद्धिको यात्रामा अघि बढाइने प्रधानमन्त्री ओलीको भनाइ छ । अन्तरक्रियामा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङ, राष्ट्रिय सभाका प्रमुख सचेतक दिनानाथ शर्मा लगायतको उपस्थिती थियो ।

प्रधानमन्त्री ओलीले सातै क्षेत्रका साँसदहरुसँग पालैपालो हरेक हप्ता अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । हरेक शुक्रबार हुने भनिएको अन्तरक्रिया गत शुक्रबार संघीय संसदको बैठक लम्बिएकोले हुन सकेको थिएन । आगामी शुक्रबार प्रदेश नं २ का साँसदहरुसँग प्र्रधानमन्त्रीको अन्तरक्रिया हुनेछ ।

२०७५ असार १७ गते प्रकाशित

वि.सं.२०७५ असार १७ आइतवार २२:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...