back
NMB ad

नेपालमा हात गुमाएका बाल बालिकालाई सहयोग गर्न कोलोराडोमा यसरी गरिंदैछ आर्थिक संकलन

Kumari bank ad

नातिबाबु भट्ट

कोलोराडो, अमेरीका । बिभिन्न कारणबाट हात गुमाएका मातृभुमी नेपालका बाल बालिकाहरुलाई निशुल्क नक्कली हात बितरणको लागी आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले कोलोराडोमा हालै कार्यक्रम सम्पन्न भयो ।

ई–नेबल क्यानडा र ई–नेबल नेपालको सहयोगार्थ कोलोराडोकोमा सकृय संस्था लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा सहयोग संकलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अहिलेको एक्काइसौं सताब्दिमापनि नेपालमा अंग गुमाएका बाल बालिकाहरु ज्यादै कठिन संग बाच्न परेकाले त्यस्ता बाल बालिकाहरुलाई निशुल्क नक्कली हात बितरण गर्न लागिएको क्यानडा निवासी ईन्जिनियर तथा ई–नेबल क्यानडाका कोर्डिनेटर ऋषी श्रेष्ठले क्यानडाबाट लाइभ भिडियो मार्फत बताएका थिए । प्लाष्टीकको अत्याधुनिक, हल्का, देख्न राम्रो तथा सामान्य क्रियाकलाप समेत गर्न सहयोग पुग्ने नक्कली हात नाप गरेको २४ घण्टा भित्र उनीहरुलाई बितारण गर्न सकिने उनले बताए । बच्चाको गुमेको अंग अवस्था हेरी नक्कली अंगले के के गर्न सक्छ भन्न सकिने बताउदै अहिले यो पहिलो चरणमा २६ जना बाल बालिकाहरुलाई बितरण गर्न आफुले हात बनाउने उपकरण थ्रीडी प्रिन्टर समेत लिएर नेपाल जानलागेको बताएका छन् ।


लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा अयोजित कार्यक्रमबाट १३ सय डलर संकलन भएको र यो, सुरुआतमात्र हो भन्दै लङमन्ट हिमालयज लायन्स क्लबका तत्कालिन अध्यक्ष प्रमोद श्रेष्ठले यस कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । हाम्रो सानो सहयोगले कसैको भविश्य उज्वल बनाउन सकिने यस्तो पुण्य कार्यमा दिल खोलेर सहयोगगर्न उनले सबैलाई आग्रह गरेका छन् ।

ई–नेवल क्यानडाका र ई–नेवल नेपालको संयूक्त आयोजनामा यहि जुलाई महिनामा काठमाण्डौमा उक्त नक्कलीहातहरु बनाएर बितरण गरिने बताईएको छ । कार्यक्रममा किड साईड चेयर एमडी ६ कोलोराडोका होली रुथर्फोड, डिष्ट्रिक गर्भनर ६ सेन्ट्रलका रिक आरगोटसिंगर, लायन्स ६ नर्थ ईष्टका पाष्ट डिष्ट्रिक गर्भनर केननोर गिल, फष्ट भाईस गर्भनर मिसेल मीकग्यालेन, ग्लोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, जोन चियरपर्शन जोशन श्रेष्ठ, आयोजक संस्थाका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

२०७५ असार २० गते प्रकाशित

वि.सं.२०७५ असार २० बुधवार १७:१३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...