back
NMB ad

संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुङ्गियो, हेर्नुहोस कहाँ कति रहने !

Kumari bank ad

काठमाडौँ । सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन् । यसअघि समितिले स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याएको थियो ।

संघ र प्रदेशको दरबन्दीलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर लागू गरिने मन्त्रालयका प्रवक्ता अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश नं १ मा दुई हजार ८०८, प्रदेश नंं २ मा दुई हजार ३४३, प्रदेश नं ३ मा दुई हजार ६७३, प्रदेश नं ४ मा दुई हजार २४७, प्रदेश नंं ५ मा दुई हजार ५९७, कर्णाली प्रदेशमा एक हजार ८४२ र प्रदेश नंं ७ मा दुई हजार ६० कर्मचारीको दरबन्दी रहने छ ।

प्रदेश तहमा पहिला क्षेत्रीय र अञ्चल कार्यालयमा रहेका कर्मचारी खटाइनेछ । उहाँले थारु आयोग, समावेशी आयोग, दलित आयोग, आदिवासी आयोग, मुस्लिम आयोगलगायत बाहेकका संवैधानिक आयोगमा रहने कर्मचारी दरबन्दीे अझै टुङ्गिएको छैन् ।

अहिले करीब एक लाख १७ हजार दरबन्दीमा करीब एक लाख छ हजार मात्र कर्मचारी कार्यरत छन् । रासस 

२०७५ असार ३० गते प्रकाशित

वि.सं.२०७५ असार ३० शनिवार १०:०९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...