back
NMB ad

सेभ द हर्टले मनायो आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सव

Kumari bank ad

काठमाण्डौं । मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले सुरु गरिएको संस्था सेभ द हर्टले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको छ । शनिवार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरे । सन् २०१३ मा मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वमा स्थापना भएको संस्थाले त्यसयता विभिन्न जिल्लामा दर्जनौं स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै भूकम्प प्रभावितहरुको उपचारमा पनि काम गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा. भट्टराईले हालसम्मका क्रियाकलापका बारेमा जानकारी दिए । उनका अनुसार संस्थाले हालसम्म ३९ वटा स्वास्थ्य शिविरको आयोजना गरेको छ । जसबाट जम्मा ४५ हजारको चारसयको स्वास्थ्य परीक्षण गरिएकोमा १०७ जनाको शल्यक्रिया गरिएको छ । त्यसमध्ये ४६ जना विपन्न नागरिकको उपचारमा लागेको सम्पूर्ण खर्च संस्थाले बेहोरेको छ भने ६१ जनालाई आंशिक सहयोगसहित उपचार गरिएको उनले जानकारी दिए । संस्थाले स्थापनायता मनमोहन कार्डियोथोरासिक सेन्टर लगायत विभिन्न स्वास्थ्य संस्थालाई सामाग्री तथा उपकरण सहयोग गरेको जनाएको छ ।

संस्थाले नेपालमा उपचार सम्भव नभएका बिरामी कमल रेग्मीलाई इटालीमा लगेर उपचार गराएको पनि जनाएको छ । इटाली पढेर फर्किएका डा। भट्टराईले मुख्यतः संस्थालाई इटालीकै संस्थाहरुले सहयोग गरेको जानकारी दिए । जसअनुसार संस्थाले नेपालका दुईजना मुटुरोग विशेषज्ञलाई इटालीमा पठाएर तालिम पनि दिलाएको छ । संस्थाको वार्षिकोत्सव समारोहमा सहभागी भएकाहरुले संस्थाको क्रियाकलापलाई लिएर प्रशंसा गरे । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले खानपान, वातावरण र रहनसहनले गर्दा मुटुरोगको जोखिम उच्च भएकाले रोकथामात्मक कार्यक्रममा जोड दिन संस्थालाई सुझाव दिए ।

त्यस्तै, त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक एवं मुटुरोग विशेषज्ञ अरुण सायमी, मनमोहन कार्डियोथोरासिक एण्ड भाष्कुलर ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठ, त्रिविकी रेक्टर सु्धा त्रिपाठी लगायतले सेभ द हार्टले मुटुरोगको जनचेतना अभिवृद्धिमा उल्लेख्य भूमिका खेलेको टिप्पणी गरे । सो अवसरमा संस्थाले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्यो । संस्थाले मुटु जोगाउ अभियानमा योगदान दिएको भन्दै रिपोटर्स नेपाल डटकमका सम्पादक रुद्र कार्कीलाई पनि सम्मान गरेको छ।

२०७५ असोज १ गते प्रकाशित

वि.सं.२०७५ असोज १ सोमवार ०९:५० मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...