back
NMB ad

जनता अवकाश कोषका सहभागीहरुले नेपालभर रहेका सम्पूर्ण शाखाहरुमार्फत कोषको सेवा प्राप्त गर्न सक्ने

Kumari bank ad

जनता अवकाश कोषको कोषसंचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७४\७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साथैं, कोषले आर्थिक बर्ष २०७४\७५ मुनाफा बाट कोषमा सहभागी बचत कर्ता\संचय कर्ताहरुलाई निजहरुको २०७५ असार मसान्तमाकायम रहेको बचत मौज्दातको १% का दरले मुनाफावितरण गर्ने निणर्य गरेको छ ।सो बराबरको रकम सहभागीहरुको सम्बन्धित खातामा मिति २०७५ आश्विन १ गते जम्मा गरेको छ ।

आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषको रुपमा स्वीकृती प्राप्त गरी बि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइ रहेकोमा मिति २०७५ असार १ गतेबाट कोषको नाम परिर्वतन भई जनता अवकाश कोषको नाममा संचालनमा रहेको छ । कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवाप्रदानगर्दै आएको छ ।

जनता अवकाश कोषले कर्मचारीको संचयकोष, अवकाशकोष, उपदानकोष, संचितविदाकोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजनामार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठीत संघ, संस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र कर योग्य आयभएका परामर्श दाता,चिकिसक, इन्जिनियर, कानून व्यवसायीहरुलाई सेवा प्रदान गरिरहेको छ ।

कोषले संचालन गरेका अवकाश योजनाहरु मा बार्षिक ८.५०% प्रतिशतका दरले व्याज प्रदान गर्नुका साथै संचित रकमको ९० % प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००\ र काज क्रिया खार्च रु. १०,०००\को व्यवस्था गरेको छ ।
जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेकासम्पूर्ण शाखाहरुमार्फत कोषको सेवाप्राप्तगर्न सक्नेछन् ।

२०७५ आश्विन १ गते, प्रकाशित

वि.सं.२०७५ असोज १ सोमवार १७:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...