back
NMB ad

न्यायिक क्षेत्रमा जनशक्ति अभावको कारण कानुन कारबाहीमा समस्या

Kumari bank ad

वीरेन्द्रनगर, । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश हरिकुमार पोखरेलले न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण कानूनी कारबाहीमा समस्या परिरहेको बताउनुभएको छ । पब्लिक एकेडेमी माध्यमिक विद्यालयले बुधबार वीरेन्द्रनगरमा कानून सङ्कायका विद्यार्थीका लागि आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

विगतदेखि नै कानुन पढेका जनशक्तिको अभावका कारण कानूनी काम कारबाहीमा बाधाअड्चन थपिँदै आएको छ भन्दै मुख्य न्यायाधिश पोखरेलले आवश्यकतानुसार जनशक्ति नहुँदा न्यायिक निर्णयमा ढिलाइ हुने, कामको चाप बढ्नेजस्ता समस्या यथावत रहेको गुनासो गर्नुभयो । जिल्लामा पहिलोपटक माध्यमिक तहमा कानून विषय अध्यापन भएपछि दक्ष जनशक्ति आपूर्तिमा सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले कानून व्यवसायी समाज र सभ्यताको रक्षक भएको चर्चा गर्दै संसारमा महत्वपूर्ण मानिएका दुई कोटमध्ये सेतो कोटले मानिसको जीवन रक्षा गर्दछ भने कालो कोटले समाज र सभ्यताको रक्षा गर्दछ भन्नुभयो ।

                                                                                                                                         २०७५ असोज ४ गते प्रकाशित

वि.सं.२०७५ असोज ४ बिहीवार १०:३३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...