back
NMB ad

भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटो गर्नुपर्छ -मन्त्री अधिकारी

Kumari bank ad

भक्तपुर, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्र अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभएको छ ।

आज पुरातत्व विभाग स्मारण संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले आज विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आयोजना गरेको क्षमा पूजा कार्यक्रममा बोल्दै उहाँले सम्पदा पुनःनिर्माण गर्दा संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन (युनेस्को) र पुरातत्वको मापदण्डअनुसार निर्माण हुनुपर्ने बताउनुभयो ।

मन्त्री अधिकारीले ढुङ्गेधारासम्मको बाटो र चाँगुनारायण मन्दिरमा बन्न बाँकी रहेको चौघेरा सत्तलको पुनःनिर्माण छिटो गर्न मन्त्रालयलये पहल गर्ने आश्वासन दिनुभयो ।

उहाँले भक्तपुर जिल्लाका प्रत्येक सरकारी कार्यालयले यस मन्दिरको पहिला र अहिलेको तस्वीर राख्नुपर्र्ने सुझाव दिनुभयो । मन्त्री अधिकारीले जनस्तरको आयआर्जनमा टेवा पुग्ने गरी स्थानीयस्तरबाट पर्यटन प्रवद्र्धनको कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सम्पदाको पुनःनिर्माण छिटो गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभयो । चाँगुनारायण–४ का वडाअध्यक्ष बुद्धिलाल महर्जन यहाँको चौघेरा सत्तल पुनःनिर्माण नहुँदा तीर्थयात्रीलाई बस्ने ठाउँ नभएको बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहालले काठ अभावका कारण पुनःनिर्माणमा समस्या आइरहेको बताउनुभयो । भूकम्पले भत्किएका मन्दिरको पुनःनिर्माण सम्पन्न पछि सरकारी पूजासहित मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले तान्त्रिक एवं धार्मिक विधिअनुसार क्षमा पूजा गरिएको थियो ।

२०७५ असोज ५ गते प्रकाशित

वि.सं.२०७५ असोज ५ शुक्रवार १४:३३ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:१६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५८

फुङ्लिङ (ताप्लेजुङ), ६ वैशाख : ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र...