back
NMB ad

महिला तथा बालबालिका माथि भएको घटनामा सांसदको चिन्ता

Kumari bank ad

काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई\मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि एसिड तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।

शून्य समयमा बोल्ने सांसदले अपहरण तथा हिंसाका घटना रोक्न सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।

महिला हिंसा अन्त्य गर्ने विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका माग पूरा गर्न, ‘समृद्ध नेपाल, सुखी नेपाली नारा’लाई पूरा गर्न भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उनीहरूको आग्रह थियो ।

उनीहरुले गत भदौ २७ गतेको अविरल वर्षाले लमजुङ र मनाङ जिल्ला जोड्ने यातायात अवरुद्ध भएको, चाडपर्वको मुखमा मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन, नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक तथा औषधि एवं आवश्यक उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

शून्य समयमा आफ्ना धारणा राख्ने दिलकुमारी, दिव्यमणि राजभण्डारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद गुरुङ, टेकप्रसाद तिमल्सिना, धर्मशीला चापागार्इं, नागेन्द्र कुमार, नारदमुनि राना, नारायणप्रसाद खतिवडा, पार्वती डिसी चौधरी, पार्वतीकुमारी विशङ्खे, प्रेमबहादुर आले र बालकृष्ण खाँण हुनुहुन्थ्यो ।

२०७५ असोज १० गते प्रकाशित

वि.सं.२०७५ असोज १० बुधवार १७:१९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...