back
NMB ad

साधारणसभा गर्ने चटारो, एकै समयमा लाभांश घोषणा गर्दै वाणिज्य बैंक

Kumari bank ad

काठमाडौं । किसानलाई धान खेती भित्र्याउने भ्याइ नभ्याइ भए जस्तै बैंक भने साधारणसभा गर्ने हतारोमा देखिएका छन् । यस वर्ष एकै समयमा वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने तयारीमा जुटेका छन् । बैंकहरुले साधारणसभामा लैजाने एजेन्डा र लाभांश घोषणा गर्न बोर्ड बैठकका लागि मिति तय गर्न थालेका छन् ।

विगतका वर्षमा दसैंअघि नै आधा दर्जन बैंकहरुले साधारणसभा मार्फत लाभांश पारित गर्दथे । तर, यसपाली वाणिज्य बैंकहरुले अन्तराष्ट्रिय स्तरको वित्तीय विवरण वा पहिलेदेखि नै पेश गर्दै आएको वित्तीय विवरण मध्ये कुनलाई आधार मानेर लाभांश लगायतको प्रस्ताव पारित गर्ने भन्ने सम्बन्धमा द्धिविधा उत्पन्न हुँदा बैंकहरुले गर्ने साधारणसभा प्रभावित हुन पुगेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) को समस्या संबोधन गरिदिएपछि बाणिज्य बैंकहरुलाई साधारणसभा गर्न ढोका खुलेको हो । वाणिज्य बैंकहरु साधारणसभा गर्नका लागि स्वीकृति लिन राष्ट्र बैंक पुग्न थालेका छन् ।

अहिले साधारणसभाको स्वीकृति माग्दै राष्ट्र बैंकमा बैंकहरुको ताँती लाग्न थालेको छ । तिहारअघि नै आधा दर्जन भन्दा बढी बैंकहरु साधारणसभा गर्ने तयारीमा जुटेका छन् । साधारणसभाको समय नजिक आउन थालेपछि बैंकहरुको सेयर पनि बढन थालेको छ । छोटो समयमा नै लाभांश पाउने आशाले लगानीकर्ताहरु त्यतातिर आकर्षिक भएको ब्रोकरहरु बताउँछन् ।

खासगरी नयाँ व्यवस्था अनुसार वित्तीय विवरण तयार गर्दा नोक्सानी व्यवस्थापनसँग सम्बन्धि बिषयमा बैंकहरु अप्ठेरोमा परेका थिए । राष्ट्र बैंकको नीति अनुसार नोक्सानी व्यवस्थापन गर्दा बढी रकम देखाउनु पर्छ । तर एनएफआरएस अनुसार कम देखिन्छ । यसो हुँदा नाफा उच्च हुन्छ । त्यसैले कुन नाफामा लाभांस बाँड्ने र सरकारलाई कर तिर्ने विषयमा अन्यौंल थियो । त्यही अन्यौंललाई आइक्यानले संवोधन गरिदिएपछि साधारणसभा गर्न बैंकलाई सहज भएको हो ।

२०७५ कार्तिक ८ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक ८ बिहीवार ०९:५४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...