back
NMB ad

लगानीकर्ताको पहिलो रोजाइ बन्यो वाणिज्य बैंकको सेयर, प्रभुलाई पछ्याउँदै कुमारी

Kumari bank ad

काठमाडौं । अन्य कम्पनीको तुलनामा वाणिज्य बैंकको सेयर खरिद गर्दा बढी प्रतिफल पाइने आशाले लगानीकर्ताहरु अहिले वाणिज्य बैंकको सेयर खरिदमा लागेका छन् । यसैकारण गत साता सवैभन्दा बढी कारोबार पनि वाणिज्य बैंकको सेयरमा नै हुन पुगेको हो । वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने तयारीमा रहेकाले पनि लगानीकर्ताको पहिलो रोजाइ वाणिज्य बैंकको सेयर पर्न गएको हो ।

दसैं पछि खुलेको गत साताको सेयर बजार मापक नेप्से सूचकमा सामान्य गिरावट आएपनि दैनिक कारोबार रकममा सुधार आएको छ । साताभर पुरै पाँच दिन कारोबार भएको बजारमा लगानीकर्ताको छनौटमा भने वाणिज्य बैंकहरु नै अग्रपंत्तिमा देखिए ।साताभर नेप्से झिनो अंकले ओरालो लाग्न पुग्यो । अघिल्लो साताको अन्तिम दिन बिहीबार १२४१.६३ अंकमा रहेको नेप्से सूचक गत साताको अन्तिम दिन बिहीबार १२४१.११ अंकमा आइपुगेको छ । गत साताभर नेप्से ०.५२ विन्दुले मात्र घटेको हो ।

साताको दुई दिन आइतबार र बुधबार बजार बढेपनि तीन दिन सोमबार, मंगलबार र विहिबार घटेको थियो । नेप्से घटेपनि दैनिक कारोबारमा सुधार हुँदै जादा पाँच दिनमा एक अर्ब एक करोड बढीको कारोबार भएको छ । गत साता वाणिज्य बैंकहरु लगानीकर्ताको पहिलो छनौटमा परे । उच्च कारोबार हुने र धेरै सेयर किनबेच हुने कम्पनीको दश सूचिमा वाणिज्य बैंकहरुको वर्चश्व देखिन्छ ।

रकम र सेयर संख्याका हिसाबले उच्च कारोबार हुने दश कम्पनीको सूचीमा वाणिज्य बैंकहरु मात्रै देखिएका छन् । सेयर मूल्य बिमा, लघुवित्त कम्पनीको भन्दा वाणिज्य बैंकहरुको कम, चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारी र गत बर्षको लाभांश घोषणा गर्न बाँकी रहेकाले पनि बाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

कारोबार रकम र धेरै सेयर किनबेच हुनेमा प्रभु बैंकले सबैलाई उछिनेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उच्च प्रगति सहितको वित्तीय विवरण आउने हल्ला चलाइएपछि सेयरबजारमा प्रभुको कारोबार उच्च हुँदै आएको छ । प्रभु बैंकको यो साता १६ करोड ८० लाख रुपैयाँ बढीको सेयर किनबेच भयो । यसबीचमा प्रभुको ६ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार कित्ताको हिसाबले पनि प्रभुले सबैलाई उछिनेको छ ।
यसपछि उच्च कारोबार हुने एनआइसी एशियाको ६ करोड ७० लाख बढीको सेयर किनबेच भयो । यस्तै कुमारी, मेगा, एनएमबी, सिद्धार्थ, जनता, माछापुच्छ्रे, सिभिल र प्राइम बैंक उच्च कारोबार गर्ने दश कम्पनीमा परेका छन् । धेरै कित्ता सेयर किनबेच हुनेमा पनि प्रभु बैंक नै परेको छ । प्रभुलाई कुमारी बैंकले पछ्याएको छ । कुमारीको २ लाख १७ हजार कित्ता किनबेच भएको छ । मेगा बैंक, एनआइसी एशिया, जनता, सिभिल, माछापुच्छ्रे, एनएमबि, सिद्धार्थ र सेञ्चुरी लगायतका बैंकहरुको धेरै संख्यामा सेयर किनबेच भएको छ ।

२०७५ कार्तिक ११ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०९:१५ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...