काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने दलबहादुर पुनलार्इ पक्राउ गरेको हो । पक्राउ पर्ने पुन रोल्पाको माडी गाउापालिका–१ का भएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ प्रहरी बताएको छ । प्रहरीका अनुसार घटना भएको २१ दिनपछि अभियुक्त पक्राउ परेका हुन् ।
पुनले केही रिचार्ज कार्ड विक्री गरिसकेको र केही कार्डहरु बरामद भएका समेत प्रहरीले जानकारी दिएको छ । उनीमाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।
२०७५ कार्तिक १५ गते प्रकाशित
वि.सं.२०७५ कात्तिक १५ बिहीवार १४:२४ मा प्रकाशित