back
NMB ad

जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा भिडियो प्रविधिद्धारा कक्षा सञ्चालन 

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिको माध्यमवाट अमेरिकाको वहाइयो स्टेट युनिभर्सिटीका प्राध्यापक लोनी जी थोम्सनसँग जलवायु परिवर्तनका विषयमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ ।

विभिन्न केन्द्रीय विभागमा अध्ययन विद्यार्थी एवं अनुसन्धानकर्ता लाई विश्वकै विख्यात प्राध्यापकसँग भिडियो साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै मौसम र जलवायु परिवर्तनको बारेमा विद्याार्थीहरुलाई अन्तराष्ट्रिय शैक्षिक अनुभव प्राप्त गर्ने अवसर समेत मिलेको छ । जनवरी ८ देखि अप्रिल २३ सम्म सञ्चालन हुने भिडियो कक्षामा २६ जना विभिन्न केन्द्रीय विभागका विद्यार्थी एवं अनुसन्धानकर्ताहरु संलग्न रहेका छन् । भिडियो कक्षाको पहिलो दिनमा उपस्थित हुदै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले विश्वका महत्वपूर्ण

प्राध्यापकहरुसँग प्रविधिको प्रयोगवाट कक्षा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै त्रिविले आगामी दिनमा प्रविधियुक्त कक्षाकोठा निर्माण गरेर सम्पूर्ण विभागले यसप्रकारका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने बताउनुभयो । जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. दीपक अर्यालले केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको अन्तराष्ट्रिय एक्पोजर वढाई जल तथा मौसम विषयमा ज्ञानको दायरा फराकिलो बनाउन महत्वपूर्ण अवसर प्राप्त भएको जानकारी गराउनुभयो ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एव काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेसन(केसिआई) का उपनिर्देशक डा. विनोद दवाडी काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेसन का निर्देशक एवं चाइनिज एकेडेमी आफ साइन्सेसका प्राज्ञिक सदस्य प्रा.यावो थेल्दोङको विशेष पहलमा अमेरिकी प्राध्यापकसँग कक्षासञ्चालन गरिएको जानकारी गराउनुभयो । उहाँले जम्मा २९ वटा कक्षा सञ्चालन हुने र विद्यार्थीहरुलाई अध्ययनको निमित्त प्रोजेक्ट पेपर समेतको व्यवस्था र प्राविधिक एवं व्यवस्थापक सहयोग काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेसन (चाइनिज एकेडेमी आफ साइन्सेस )ले गरेको जानकारी गराउनुभयो ।

२०७५ पौष २६ गते प्रकाशित

वि.सं.२०७५ पुस २६ बिहीवार ०८:४८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...