back
NMB ad

पाँच कम्पनीको सेयर भाउ १०० रुपैयाँ भन्दा तल, ब्याजको त के कुरा साँवा नै डुब्यो !

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत पाँच कम्पनीको मूल्य १०० रुपैयाँ भन्दा तल आएको छ । उक्त कम्पनीको सेयर खरिद गरेका लगानी कर्ताले ब्याजको त के कुरा साँवा पनि डुब्न लागेको भन्दै चिन्ता व्याक्त गरेका छन् ।

लगानीकर्तालाई सावाँ समेत डुबाउने कम्पनीमा जलविद्युत् समूहका चार कम्पनी र एउटा फाइनान्स कम्पनी छ । सिनर्जी पावर डेभलपमेन्टको सेयर प्रतिकित्ता ९५ रुपैयाँ छ । यसैगरी, नेशनल हाइडोपावर कम्पनीको ७० रुपैयाँ, खानी खोला हाइडोपावरको ९७ रुपैयाँ, आँखु खोला जलविद्युत् आयोजनाको ९१ रुपैयाँ छ । साथै, वेष्ट फाइनान्स कम्पनीको ८४ रुपैयाँ छ ।

यसैगरी,  तीन कम्पनीको सेयर मूल्य अहिले पनि १०० रुपैयाँ छ । वर्षौ अघि लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ हालेर किनेको सेयर अहिले पनि त्यही मूल्यमा खरिद बिक्री हुँदै आएको छ । लगानीकर्ताले उक्त कम्पनीहरुको सेयर बिक्री गरेर सावाँ फिर्ता पाएपनि ब्याज भने पाउन सक्ने अवस्था छैन् । अहिले पनि प्रतिकित्ता १०० रुपैयाँ हुने कम्पनीमा रैराड. हाइडोपावर, रिडी हाइडोपावर  र कर्णाली डेभलपमेन्ट बैंक छन् ।

पुँजी बजार सुस्त हुँदा कतिपय सूचीकृत कम्पनीहरुको भाउ आइपीओकै हाराहारी र कतिपयको त्यो भन्दा पनि तल आएका छन् ।

२०७५ माघ ३ गते प्रकाशित

वि.सं.२०७५ माघ ३ बिहीवार १५:०२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...