back
NMB ad

चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य : राजेशकाजी

Kumari bank ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र चीनबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको दर्शाउनुभएको छ । चीन भ्रमणमा रहनुभएका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना – नेपाल इकोनोमिक एण्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भष्ेटमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठिमा नेपाल र चीनबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गदै गरेको उहाँले बताउनुभयो । चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य भएको बताउनुभयो ।

चीनको बेजिङ्गमा आइतबार बिहान भएको गोष्ठिमा अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत, पर्यटन लगायत क्षेत्रहरु रहेको जानकारी दिदै विश्व सम्पदा सूचिमा रहेका विभिन्न स्थान, विभिन्न वन्यजन्तु तथा आरक्षण क्षेत्रहरु, कृषि, पर्याप्त जडिबुटी, जलवायु परिवर्तन भएको स्थान, खुल्ला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने वातावरण भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा अनुभवी एंव कडा परिश्रमिक श्रमिक, खनिज क्षेत्र रहेकाले लगानीको लागि अघि बढ्न चाइनालाई आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले हाम्रो चाइनासँगको व्यापरिक सम्झौता रहनुका साथै शुन्य प्रतिशत भन्सारदरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने वस्तुहरु रहेको जानकारी दिनुभयो ।

गोष्ठिमा आफ्ना कुरा राख्दै अध्यक्ष श्रेष्ठले नेपालमा केही समयदेखि स्थायि सरकार हुनुका साथै २४ सैं घण्टा विद्युत सेवा सच्चालन रहनुका साथै लगानी मैत्री नीतिहरुले सुनिश्चित लगानीको वातावरण भएकाले लागि बैदेशिक लागानीका लागि चीनलाई उपयुक्त वातावरण रहेको बताउनुभयो । नेपालको छिमेकी मुलुक भारतसँगको लागि उपयुक्त सम्झौताले भारतमा निर्वाध रुपमा सुन्य भन्सारदरमा मालवस्तु निर्यात गर्न पाउने भएकाले चीनका लागि पनि लगानीको वातावरण् उपयुक्त देखिने उहाँले औंल्याउनुभयो । उहाँले सामान्य ग्राह्यता प्रणाली अनुसार अमेरिका, युरोपियन युनियन जस्ता मुलुकहरुमा शुन्यदर निर्यातको सुविधा प्राप्त भएको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले नेपालमा चीनिया पर्यटन बढाउनलाई चाइनाको बेजिङ्ग र सांघाई, त्यस्तै गान्जाओमा दिनको २ वटा उडान, कुन्मिङ्गमा १ उडान, हङकङमा हप्ताको १० उडान भएको जानकारी दिनुभयो । यस्तै चीनको छेन्दुमा सातामा १६ उडान र ल्हासामा दैनिक उडान भएको उहाँले दर्शाउनुभयो । व्यापार प्रबद्र्धनका लागि अब नेपालमा चाइना बैंकको आवश्यकता भएको उहाँले बताउनुभयो । नेपाल र चीनको सम्बन्ध बढाउन जनस्तरमा, व्यवसायीहरुबीचको बहुपक्षिय सम्बन्धका लागि चेम्बरले विभिन्न प्रकारका रचनात्मक भूमिका खेलेको धारणा समेत राख्नुभयो ।

२०७६ बैशाख १६ गते प्रकाशित

वि.सं.२०७६ वैशाख १६ सोमवार ११:४१ मा प्रकाशित

You can share this post!

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...