back
NMB ad

वेटी वचाओ, वेटी पढाओ नारालाई सार्थक बनाउँदै सहयोगी विकास बैंक

Kumari bank ad

काठमाडौं । सहयोगी विकास बैंकले धनुषा जिल्लाको जनकपुरमा रहेको रामानन्द चोकमा १४ औ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखालाई महिलाहरुले व्यवस्थापन र संचालन गर्ने गरी प्रारम्भीक रुपमा संचालनमा ल्या्इएको हो ।  सो शाखामा हाल कार्यरत कर्मचारीहरु शाखा प्रवधकदेखि मेस्तरसम्म महिलाले नै कार्य गर्दछन । यस शाखामा जम्मा ६ जना महिला आवद्ध छन् । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको वेटी वचाओ, वेटी पढाओ नारालाई सार्थक बनाउदै उदारणको रुपमा यो शाखा स्थापना गरिएको हो ।
यो शाखा सञ्चालनसँगै प्रदेश नं २ मा महिला शाखा खोल्ने सहयोगी सम्भवत प्रथम विकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए ।

महिलाहरु पनि बैंकिङ्ग श्रेत्रमा अब्वल हुन सक्छन् र राम्रो व्यवस्थापकको रुपमा प्रस्तुत हुन्छन भने भनाईमा थप आयाम यस बैंकले दिएको जनाएको छ । बैंकले यस श्रेत्रका महिलाहरुको पहँुच बैंकिङ्ग क्षेत्रमा बढी भन्दा बढी होस र महिलाहरुको सुविधामा थप सहयोग पुगोस भन्ने दृष्टिकोणले यस बैंकले यस प्रदेश नं. २ मा नयाँ अवधारणालाई प्रस्तुत गरेको छ । बैंकको उक्त १४औं शाखाको अवस्था उत्साहजनक रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । उक्त शाखामा हाल २५० जनाको खाता सञ्चालनमा ल्याइएको तथा करिब ३ करोड रूपैयाँ निक्षेप जम्मा भइसकेको छ । खाता संख्या र निक्षेप क्रमशः बृद्धि गर्दै लगेको छ । धेरै महिलाहरूले यसै शाखामा बैंकिङ्ग कारोवार गर्न रूचाएको पाएको पनि रिजालले बताए ।

त्यसैबीच नेपाल सरकारद्वारा एक व्यक्ति एक खाताको अवधारणा सार्थक तुल्याउन बैंकले सीता वचत खाता सञ्चालन गरेको छ । उक्त खातामा बैंकले आफ्नो तर्फबाट प्रत्येक खातामा रु. १०० जम्मा गरिदिने व्यवस्था पनि गरेको छ । उक्त खातामा शुन्य मौज्दातमै खाता खोल्न सकिने र मोवाइल बैंकिङ्ग सेवा, एटिएम सुविधा जस्ता बंैकिङ्ग सुविधाहरु उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।
हाल यस बैंकको सिन्धुली, महोत्तरी र धनुषा गरी १४ वटा शाखा रहेका छन् भने ४ अर्ब ४० करोड ३७ लाख रहेको छ । त्यस्तै कर्जातर्फ ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ लगानी रहेको छ । यस बैंकको गत आवमा १७ प्रतिशत लाभांश प्रदान गरिएको थियो भने बैंकले यस आवमा २० प्रतिशत लाभांश वाँड्ने योजनाको लगभग तय भएको छ

बैंकको परिसुचाङ्कहरु पनि गत वर्ष भन्दा अझ राम्रो दिने निश्चित रहेको प्रमुख कार्यकारी अधिकृत रिजाल बताउछन । बैंकले आफ्नो भवन निर्माण काम श्री शंकरमाली कन्स्ट्रक्सनसँग सम्झौता गरी सुरुवात गरिसकेको छ । नौ महिना भित्र संरचना तयार भई आ. व. २०७६/७७ सम्ममा बैंकले आफ्नै आधुनिक भवनबाट बैंकिङ्ग सुविधा दिने जनाएको छ । यस बैंकको भवन निर्माण लागत करिब ५ करोड रहेको छ । २१ आँै शताब्दी सुहाउँदो बैंकिङ्ग सुविधाको लागि पनि सहयोगी बैंक प्रतिबद्ध रहेको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।
बैंकमा हाल कार्यरत कर्मचारी मध्ये महिलाको संख्या १८ रहेको छ । बैंकमा हाल जम्मा कर्मचारी संख्याको ७२ (कार्यालय सहयोगी बाहेक) रहेको छ । यस प्रदेश नं. २ मा रोजगारी, व्यवसाय, तथा महिला जागरणमा बैंकले अहम् भूमिका निभाउदै आएको छ । त्यस्तै महिलाहरुको शिक्षा, व्यवसाय र आर्थिक अवस्थामा बढाउन सहयोग गर्दै जाने सम्बन्धमा बैंक प्रतिबद्ध रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।

२०७६ बैशाख ३० गते प्रकाशित

वि.सं.२०७६ वैशाख ३० सोमवार १०:३७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...