back
NMB ad

एक साता भित्रै विदेशी लगानीकर्ताले विस्तृत प्रस्ताव पठाइसक्ने

Kumari bank ad

काठमाडौं । लगानी बोर्डले एक साता भित्रै विदेशी लगानीकर्ताले विस्तृत प्रस्ताव पठाइसक्ने बताएको छ । विदेशी लगानीकर्ताले ३१ परियोजनामा लगानी गर्न इच्छा प्रकट गर्दै विस्तृत प्रस्ताव पढाइ रहेको बोर्डको भनाइ छ । लगानी वोर्डले एक महिनाको म्याद थप गर्दै विस्तृत प्रस्ताव पढाउन भनेपछि ती परियोजनामा लगानी गर्न उत्सुक कम्पनीले धमाधम विस्तृत प्रस्ताव पढाइरहेका हुन् । बोर्डले इच्छुक कम्पनीले आगामी आगामी जेठ ६ गते (मे २०) सम्म लगानीको आवेदन दर्ता गर्न भनेको थियो । त्यही अनुसार विस्तृत प्रस्ताव आइरहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले बताए ।

‘लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्तालाई वैशाख ७ (अप्रिल २०) सम्म आवेदन पेस गर्न भनिएको थियो,’ उनले भने ‘त्यो छोटो समय भएकाले बिस्तृत विवरण पेश गर्न नसकिएको गुनासो लगानीकर्ताबाट आएपछि पुनः एक महिनाको म्याद गरिएको थियो ।’ थपिएको समयभित्र बिस्तृत आवेदन आइसक्ने अनुमान गरिएको बोर्डका सिइओ अधिकारीले जानकारी दिए । सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन गरेको थियो । लगानी सम्मेलनपछि ३१ परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताबाट ४८ वटा आवेदन प्राप्त भएका थिए । लगानी बोर्डका अनुसार विभिन्न मुलुकका लगानीकर्ताबाट प्राप्त ती आवेदनको कुल लागत करिब २५ खर्ब रुपैयाँ रहेका छन् ।

लगानी सम्मेलनमा ‘सोकेस’ गरिएका ७७ वटा परियोजनामध्ये २६ वटामा ४३ वटा आवेदन प्राप्त भएको लगानी बोर्डको भनाइ छ । त्यस्तै, सोकेसमा समावेश नभएका थप पाँचवटा नयाँ परियोजनामा लगानी गर्ने आवेदनसमेत विदेशी लगानीकर्ताबाट प्राप्त भएका छन् ।
हालसम्म प्राप्त आवेदनमध्ये सबैभन्दा बढी यातायात पूर्वाधारका परियोजनामा छन् । लगानी बोर्डका अनुसार यातायाततर्फ नौवटा परियोजनामा २२ वटा आवेदन दर्ता भएका छन् । जसको कुल लागत करिब १६ खर्ब रुपैयाँ हुने उल्लेख छ । निजगढ अन्तराष्ट्रिय विमानस्थलका लागि सबैभन्दा बढी ६ वटा आवेदन परेका छन् । त्यस्तै, काठमाडौंको चक्रपथमा बस ¥यापिड ट्रान्जिट (बिआरटी) निर्माण परियोजना र बाहिरी चक्रपथ परियोजनामा चार–चारवटा, सामाखुसी–टोखा–छहरे रोड र धनगढी क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि दुई–दुईवटा आवेदन दर्ता भएका छन् । काठमाडौं उयपत्यका मेट्रो रेल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग र काठमाडौं स्काई ट्रेन परियोजनामा एक–एक वटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ ।

यातायातपछि ऊर्जा पूर्वाधारका सातवटा परियोजनामा आठवटा आवेदन परेका छन् । यसको कुल लागत आठ खर्ब रुपैयाँभन्दा बढी रहेको छ । ऊर्जातर्फ तमोर जलविद्युत् आयोजनामा दुईवटा, पश्चिम सेती, सुनकोशी दोस्रो र तेस्रो, तल्लो अरुण, एसआर६ हाइड्रोपावर तथा पाँच सय ५० मेगावटको सोलार परियोजनामा एक–एक वटा आवेदन दर्ता भएका छन् । कृषि पूर्वाधारतर्फ पाँचवटा परियोजनाका लागि सात आवेदन परेका छन् । ऊर्लाबारी, हेम्जा, बनेपा र चितवन, विरेन्द्रनगर तथा तिलोत्तमामा एकीकृत कृषि पूर्वाधार निर्माण गर्ने पाँचवटा परियोजनामा लगानीका लागि आवेदन परेका हुन् । यसको कुल लागत करिब साढे दुई अर्ब रुपैयाँ हुने बताइएको छ ।

त्यस्तै, सहरी पूर्वाधारतर्फ चारवटा परियोजनामा करिब ४२ अर्ब रुपैयाँको पाँचवटा, पर्यटन पूर्वाधारका तीन परियोजनामा करिब १० अर्ब रुपैयाँको तीनवटा, स्वास्थ्य तथा शिक्षा पूर्वाधारका दुई परियोजनामा १३ अर्ब रुपैयाँको दुईवटा र उद्योग पूर्वाधारका एक परियोजनामा ६ अर्ब रुपैयाँको एउटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ । विदेशी लगानीकर्ताबाट प्राप्त आवेदनमध्ये पहिलोचरणमा आगामी तीन महिनाभित्र २७ परियोजनाका लागि विकासकर्ता छनोट गरिसक्ने लगानी बोर्डको भनाइ छ । दोस्रो चरणमा आगामी नौ महिनाभित्र १७ परियोजनाका लागि र तेस्रो चरणका ६ वटा परियोजनाका लागि १४ महिनाभित्र विकासकर्ता छनोट गर्नेगरी कार्ययोजना तयार गरिएको छ । प्राप्त आवेदनहरुको मूल्यांकन तथा सम्मेलनमा भएका समझदारी तथा सम्झौताको कार्यान्वयनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आर्थिक तथा भौतिक पूर्वाधार हेर्ने सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उक्त समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा लगानी बोर्डको कार्यालयको प्रतिनिधित्व गर्ने एक–एक जना सहसचिव रहने व्यवस्था गरिएको छ । सरकारले गत चैतमा आयोजना गरेको सम्मेलनमा सरकारका तर्फबाट ५० र निजी क्षेत्रबाट २७ गरी ७७ वटा परियोजना ‘सोकेस’ गरिएको थियो । त्यसमध्ये ११ वटा परियोजनामा लगानी गर्न १७ वटा आवेदन सम्मेलनकै क्रममा प्राप्त भएको थियो । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा ४० देशबाट तीन सयभन्दा बढी कम्पनीका करिब साढे सात सय प्रतिनिधि सहभागी भएका थिए । त्यसैगरी, सय बढी स्वदेशी कम्पनीका ६ सयभन्दा बढी प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाएका थिए । सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएका थिए ।

२०७६ बैशाख ३१ गते प्रकाशित

वि.सं.२०७६ वैशाख ३१ मंगलवार १०:२६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...