back
NMB ad

कोरियन कम्पनी र गोर्खा इको प्यानलवीच सम्झौता

Kumari bank ad

काठमाडौं । दक्षिण कोरियामा प्रधान कार्यालय रहेको र नेपालको टाँंडी चितवनमा आफ्नै कारखाना रहेको कोरियन कम्पनी एसवाई नेपाल प्रालि र गोर्खा इको प्यानलवीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई नेपाल प्रालिका प्रबन्ध निर्देशक सोल उङ्ग लीले हस्ताक्षर गरेका छन् ।

दुई कम्पनीवीचको उत्पादनहरु एक अर्काले देशैभरि प्रबद्र्धन गर्न एमओयू भएको हो । गोर्खा इको प्यानलको प्रयोग गरी बनाउने घरहरुमा एसवाई नेपाल प्रालिद्धारा उत्पादित इपीएस प्यानलका छानाहरु प्रयोग गर्न प्रबद्र्धन गर्ने र एसवाई नेपाल प्रालिबाट उत्पादित इपीस प्यानलका छानाहरु प्रयोग गरी बनाउने घरमा गोर्खा इको प्यानल तथा गोर्खा प्रिकाष्टका उत्पादनहरु (पानी सोस्ने पेभर, फिनिसिंग वाल) प्रयोग तथा प्रबद्र्धन गर्न प्रवद्र्धन गर्ने सहमति भएको हो । साथै प्राविधिक ज्ञान आदानप्रदान गर्ने सहमति पनि भएको छ ।

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने निर्माण सामाग्री हो । यो आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त कम्पनी हो । गोर्खा इको प्यानल वातावरणमैत्री र उर्जा किफायती निर्माण सामाग्री उत्पादन गर्दै आएको नेपालको नेतृत्वदायी कम्पनी हो ।
एसवाई नेपाल प्रालि कोरियन प्रविधिमा आधारित ईपीएस स्यान्डवीच रुफिंग प्यानल (छाना) उत्पादन गर्ने कम्पनी हो । यो एसियाकै नम्वर एक कम्पनी रहेको बताइन्छ ।

यसका उत्पादनहरु कोरियालगायतका भियटनाम, इन्डोनेशिया, चीन, कम्वोडिया र नेपालमा विक्रीवितरण हुने जनाइएको छ । एसवाई प्यानल ४० मिलिमिटर मोटाइको थर्माेकोलमा दुईतिरमध्ये बाहिरी भागमा हेरिटेज प्रोफाइलको जस्तापाता र भित्री भागमा सादा (प्लेन) जस्तापाता भएको हुन्छ । कम्पनीका प्रबन्ध निर्देशक लीका अनुसार यो हेर्दा आकर्षक, ताप प्रतिरोधी र कम घनत्वको हन्छ । उनका अनुसार यसको न्युनतम टिकाई तीस पैतीस वर्ष हुने गर्दछ ।

२०७६ जेठ ८ गते प्रकाशित

वि.सं.२०७६ जेठ ८ बुधवार १३:३१ मा प्रकाशित

You can share this post!

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...