back
NMB ad

बीमा समितिको बाध्यात्मक व्यवस्थाले चुक्ता पुँजी बढाउँदै बीमा कम्पनीहरु

Kumari bank ad

काठमाडौं । असार मसान्तभित्र जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीवन बीमा कम्पनीले १ अर्ब पुर्याउने पर्ने वाध्यता
नियामक निकाय बीमा समिति गरेपछि पुक्ता पुँजी नपुर्याएका बीमा कम्पनीले चुक्ता पुँजी पुर्याउँदै छन् ।

चुक्ता पुँजी नपुर्याएका बीमा कम्पनीले वोनस शेयरबाट चुक्ता पुर्याउने कोशिस गरेका छन् । तर, वोनश शेयरबाट पनि चुक्ता पुँजी नपुग्ने बीमा कम्पनीले हकप्रद शेयर वितरण गरेरै चुक्ता पुँजी बृद्धि गर्न बाध्य भएका हुन् । चुक्ता पुँजी नपुगेसम्म नगद लाभाशं वाँडन नपाउने व्यवस्था यसअघि नै बीमा समितिले गरेको छ ।
बीमा समितिले बीमा कम्पनीहरुलाई यो वर्षदेखि नयाँ तरिकाको नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । त्यसरी वित्तीय विवरण तयार गर्दा अधिकांश बीमा कम्पनीको नाफामा कमी आएका कारण वोनस शेयर वितरण गर्न सक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा बीमा कम्पनीले हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी पुर्याउनु बिकल्प छैन् ।

बीमा समितिले यसअघि नै गत पुसमसान्त भित्र चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । त्यो अवधिमा चुक्ता पुँजी नपुर्याएका बीमा कम्पनीलाई पुन गत वर्षको वार्षिक साधारणसभासम्म चुक्ता पुँजी पुग्ने गरी व्यवस्था गर्न निर्देशन दिएको छ । त्यसअवधिसम्ममा वोनस, हकप्रद वा मर्जरमा गएर भएपनि चुक्ता पुँजी पुर्याउन बीमा समितिले दवाव दिइरहेको छ ।

मर्जरमा जान कुनै पनि बीमा कम्पनी तयार देखिएका छैनन् । त्यही भएकाले पनि हकप्रदको बिकल्प नभएको बीमा बिज्ञको भनाइ छ । बीमा कम्पनीको शेयर लिएर बसेका सार्वसाधारणले पनि हकप्रद शेयर भर्नका लागि आफ्नो थैली कसिलो बनाउनु पर्ने देखिएको छ ।

अहिले अधिकांश बीमा कम्पनीका संस्थापक लगानीकर्ता वा सर्वसााधरण शेयरधनीहरु हकप्रद शेयर भर्नका लागि पैसाको जोहो गर्ने दौडधुपमा लगेका छन् ।

संचालनमा रहेको जीवन र निर्जीवन कम्पनीहरु मध्ये अधिकांशको चुक्ता पुँजी पुगेको छैन् ।

हालसम्म जीवन बीमा कम्पनी मध्ये तीन वटा नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र एसियन लाईफ इन्स्योरेन्स मात्र चुक्ता पुँजी २ अर्ब पुँजीको पुर्याएका छन् । लाइफ इन्स्यारेन्स कम्पनीले बोनस सेयर दिएर र एसियन लाईफ इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी पुर्याउँदै छन् ।

अन्य जीवन बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउने योजनामा लागेका छन् । प्राईम लाईफ इन्स्योरेन्स बोनस शेयर बाटै चुक्ता पुँजी पुर्याउँदै छ ।
सूर्या लाईफ इन्स्योरेन्सले वोनस र ७० प्रतिशत हकप्रद शेयर दिएर चुक्ता पुँजी पुर्याउँदै छ ।

गुराँस लाईफ इन्स्योरेन्सले वोनस र हकप्रदबाट चुक्ता पुँजी पुर्याउँदै छ ।

त्यसैगरी, निर्जीवन तर्फ ६ वटा कम्पनीले मात्र चुक्ता पुँजी पुरयाएका छन् । नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स,एभरेस्ट इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले १ अर्ब पुँजी पुर्याएका छन् । आईएमई जनरल इन्स्योरेन्सले बोनस शेयरबाट चुक्ता पुँजी १ अर्ब पुर्याउँदै छ ।

त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको पुँजी २० प्रतिशत हकप्रद निष्कासन गरेर १ अर्ब पुरयाउँदै छ । अन्य बीमा कम्पनी सिद्धार्थ, एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स, प्रमियर इन्स्योरेन्स, सगरमाथा युनाईटेड, राष्ट्रिय बीमा कम्पनीलगायतले पनि वोनस र हकप्रद शेयरबाट चुक्ता पुँजी पुर्याउँदै छन् ।

२०७६ जेठ १९ गते प्रकाशित

वि.सं.२०७६ जेठ १९ आइतवार १०:३० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...