back
NMB ad

ठमेल पर्यटन विकास परिषदको महासचिवमा धमलाको दावी

Kumari bank ad

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही जेठ २५ गते हुन गइरहेको निर्वाचनमा युवा पर्यटन व्यवसायी सहदेव धमलाले आफू महासचिवको मुख्य दाबेदार रहेको बताएका छन् । काठमाडौं इको होटलका प्रबन्ध निर्देशक रहेका धमलाले केही नयाँ भिजन र एजेन्डाका साथ आफू महासचिवका लागि उमेद्वारी दिने तयारी गरेको जानकारी दिए ।

“ठमेलमा विभिन्न समस्याहरु छन् । तर, समाधान हुन सकेन । आफ्नै आँखा अगाडि वर्षौंदेखि समस्या रहिरहँदा पनि समाधान नभएपछि मैले यो निर्णय गरेको हुँ,” उनले भने । ठमेल आसपासमा रहेका सम्पदा क्षेत्रहरुको संरक्षण र प्रबद्र्धन गर्ने, सरकारी निकाय, व्यवसायी, घरधनी र निजी क्षेत्रसँग नियमित अन्तक्र्रिया गरि समस्याहरुको समाधान गर्ने, अनाधिकृत गतिविधिहरु रोक्ने, परिषद्प्रति सदस्य तथा व्यवसायीहरुलाई अपनत्वबोध गराउने तथा आपतकालिन समस्या समाधान गर्नका लागि उद्धार टोली गठन गरि काम गर्ने समेत उनले बताए । परिषदमा वार्षिक क्यालेन्डर बनाएर काम गर्ने उनले बताए ।

धमलाले यसअघि परिषद्को कार्यसमिति सदस्यमा रही विदेश विभागको नेतृत्व गरेका थिए । उनी अगेनो द हिस्टिया रेष्टुरेन्ट र गोल्डेन होराइजन एकेडेमीका सञ्चालक तथा आर्ट फर ग्लोबल पीसका महासचिवका साथै लाइन्स क्लब अफ काठमाडौं स्प्रिचुअलका कोषाध्यक्ष समेत रहेका छन ।

परिषद्को २३ औं तथा २४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही जेठ २५ गते हुँदैछ । परिषद्मा ८ सय २ सदस्य रहेका छन् भने १७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । जसमा २ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन नजिकिँदैछ । तपाई केमा उम्मेदवारी दिँदै हुनुहुन्छ ? तयारी कसरी भइरहेको छ ?

हामी अहिले छलफलकै चरणमा छौं । परिषद्को निर्वाचनमा महासचिवको उम्मेद्वार हुने मेरो चाहना थोरै हो । यसमा ठमेलवासी र व्यवसायीको पनि साथ रहेको छ । एक चरणको छलफलबाट मलाई महासचिवको उम्मेद्वार बनाउने अग्रज पर्यटन व्यवसायीहरुको चाहनालाई मैले स्वीकार गरेको छु । सो बमोजिमको गृहकार्य थालेको छु । केही भिजन र एजेन्डाहरु कोर्न थालेको छु ।

के के छन् त्यस्ता भीजन र एजेन्डाहरु ?

परिषद्मा रहेर धेरै काम गर्नु छ । जसमध्ये मेरो चाहना भनेको ठमेल आसपासमा रहेका सम्पदाहरु जस्तैः ठैब, बहाल, हटीलगायतका क्षेत्रहरु जो ओझेलमा परे । तिनीहरुको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने हो । जसले ठमेललाई ठमेल बनायो र चिनायो त्यही कुरा अहिले गुमनाममा छ । सो क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ भन्ने लाग्छ । पर्यटकीय क्षेत्र ठमेललाई ‘ग्रेटर ठमेल, बेटर ठमेल’ बनाउने मेरो सोच रहेको छ ।

अर्को कुरा, परिषद्मा गएपछि मैले वार्षिक क्यालेन्डर बनाएर काम गर्ने योजना बनाएको छु । यहाँ रहेका सरकारी निकाय, व्यवसायी, घरधनी र निजी क्षेत्रसँग नियमित रुपमा अन्तक्रिया गर्ने र उनीहरुको समस्याको समाधान गर्ने हो । जसबाट ठमेलका ८० प्रतिशत समस्याहरु समाधान गर्न सकिन्छ ।

ठमेललाई काठमाडौँ उपत्यकाको पर्यटकीय नगरी भनेर चिनिन्छ । तर, यहाँ विकृतिहरु थुप्रै रहेका छन् । तिनलाई कसरी समाधान गर्नुहुन्छ ?

यहाँ रहेका अनाधिकृत गतिविधिहरु जस्तैः यौनजन्य कृयाकलाप, लागू पदार्थ दुव्र्यसनीहरु, ह्याकरहरु आदिको समस्या समाधान गर्ने मेरो प्राथमिकताको काम हुन्छ । आकस्मिक तथा आपत्कालीन रुपमा आइपर्ने समस्याको उद्धार गर्ने कामहरुमा ठमेल पछाडि छ । त्यसैले एउटा आपत्कालिन उद्धार टोली निर्माण गरी यहाँ हुने झैझगडा, आगलागी, दुर्घटना तथा अन्य अपर्झट आउने समस्याहरु तत्काल समाधान गर्न मेरो पहलकदमी हुनेछ । यसका साथै ठमेलमा देखिएका लथालिंङ्ग तारहरुलाई व्यवस्थित गर्ने, अव्यवस्थित होर्डिङ हटाउने, एप्स बनाउने र ‘जियो म्यापिङ’ गर्ने तथा यसलाई ‘वाईफाई फ्री जोन’को रुपमा विकास गर्ने मेरो सोच छ ।

परिषद्ले आफ्ना सदस्यहरुलाई अपनत्वबोध गराउन सकेन भन्ने गुनासो बढ्दै छ नि ?

मेरो अर्को मुख्य एजेन्डामा यो पनि छ । परिषद्को खस्कँदो गरिमालाई उच्च बनाउने र सदस्यहरुको आकर्षण बढाउने जिम्मेवारी पनि हामी लिन्छौं । परिषद्लाई मेरो परिषद् हो भन्ने अपनत्वबोध हामी सदस्यहरुलाई गराउने गरि काम गर्छौं । जसमा, मासिक रुपमा परिषद्मा भएका निर्णय, कामकारबाही र प्रगतिका विषयमा हामी सदस्यहरुलाई जानकारी गराउँछौं । सँगै, परिषद्मा आवद्ध सदस्य तथा व्यवसायीहरुको व्यवस्थापकीय व्यवसायिकता र बजारीकरणमा क्षमता अभिवृद्धि गर्ने काम पनि हामी गर्छौं ।

निर्वाचनमा जाने तपाईंको टीम कस्तो हुन्छ ?

बौद्धिकताका हिसाबले क्षमतावान् हुन्छ । हामीजस्ता युवा व्यवसायीहरुको उल्लेख्य सहभागिता, कामले खारिएका व्यक्तिहरु, परिषद्को मर्म र भावना अनुरुप काम गर्न सक्ने र ठमेलवासी व्यवसायी तथा स्थानीयहरुको पीरमर्का बुझ्न सक्ने व्यक्तिहरु हाम्रो समूहमा हुन्छन् । समावेशीताको हिसाबले महिला, जातजाति, क्षेत्रगत तथा व्यवसायगत सबै खालको व्यक्तिहरु हाम्रो समूहमा रहन्छन् ।

तपाईको टिमको नेतृत्व कसले गर्छ ?

परिषद्लाई नेतृत्व गर्न इच्छुक केही व्यक्तिहरु छलफलमा देखिन्छन् । उनीहरुसँग सरसल्लाह भइरहेको छ । हामीले एउटा वार्ता टोली गठन गरेर सल्लाह गरिरहेका छौं । सक्षम, अनुभवी, ठमेललाई समय दिन सक्ने र काम गर्न सक्ने व्यक्तिकै नेतृत्वमा हामी निर्वाचन प्रकृयामा जाँदैछौं । सम्भवतः वार्ता टोलीले सर्वसम्मत गराउने भन्ने नीति पनि लिएको छ । त्यो भयो भने झनै सुखद् हुनेछ ।

भनेपछि तपाईं महासचिवमा उठ्ने करीब पक्कापक्की हो ?

यसमा कुनै द्विविधा छैन । सकेसम्म सर्वसम्मत गराउन प्रयास गर्नेछौं । यदि भएन भने एउटा ठूलो समूहले मलाई अगाडि बढ्न सुझाव दिइसकेको छ । जसको लागि परिषद्का पूर्व अध्यक्षहरुसँग पनि मैले छलफल गरिसकेको छु र सोही अनुरुप मैले तयारी पनि थालिसकेको छु ।

२०७६ जेठ २५ गते प्रकाशित

वि.सं.२०७६ जेठ २४ शुक्रवार १२:२० मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...