back
NMB ad

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ

Kumari bank ad

काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रालीको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज ज्येष्ठ ३० गतेदेखि शुभारम्भ भएको छ । यो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टिभी, मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ ।

बजारमा उच्च स्तरीय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भन्नुभयो, ‘हामी विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’

उहाँहरुले बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्ध गर्नु भएको छ । दुबै प्रोपराइटरहरु भन्नुहुन्छ ‘हामीले दिने सेवाले बुटवल र बुटवललाई व्यवसायीक केन्द्र बनाउनु हुने ग्राहकको हृदय जित्ने कुरामा विश्वस्त छौँ ।’

नेपालको इलेक्ट्रोनिक्स व्यवसायमा हिम बिगत ३० वर्षदेखि अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै लगेको छ ।

‘१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ गर्दा हामी गर्व गर्छौ । बुटवलमा केहि समय अगाडिनै सामसङ्ग डिजिटल प्लाजा खोल्ने लक्ष्य बनाएको भएपनि अहिले आएर हाम्रो उदेश्य पूरा भएकोमा हामी हर्षित भएका छौँ । हामीसँग सहकार्य गरेर सहयोग पु¥याउनु हुने सम्पुर्ण पार्टनर तथा भगवती मल्टि सप्लायर्सको भविष्यप्रति हाम्रो तर्फबाट हार्दिकता प्रकट गर्दछौं’, कम्पनीका प्रतिनिधिले भन्नुभयो ।

२०७६ जेठ ३१ गते प्रकाशित

वि.सं.२०७६ जेठ ३१ शुक्रवार १२:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...