back
NMB ad

समृद्धिको राष्ट्रिय आकाँक्षा पूरा गर्न सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : राष्ट्रपति

Kumari bank ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिब्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र एक अर्काका परिपुरक रहेको बताउनु भएको छ । राष्ट्रपति निवासमा नेपाल उद्योग परिसंघको नवनिर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले उत्पादन बढाएर आर्थिक विकासलाई तिब्र पार्न उद्यमी व्यवसायीहरुसँग सरकार सहयोगीको भूमिकामा रहने विश्वास दिलाउनु भयो ।

वेरोजगारीको विकराल समस्या हटाउन तथा वैदेशिक रोजगारीको बाध्यात्मक अवस्थाको अन्त्यका लागि स्वदेशमै रोजगारी सृजना गर्न सरकारले थालेका प्रयासलाई सघाउन पनि राष्ट्रपतिले उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भयो । चुलिएको व्यापार घाटा कम गर्न निकासी बढाउनुको विकल्प नरहेको भन्दै राष्ट्रपति भण्डारीले स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनु पर्ने बताउनु भयो । पुर्वधार विकास र औद्योगिकीकरणमा सरकारले नीजि क्षेत्रसँग मिलेर काम गर्ने र त्यसमा देखिने समस्या समाधानमा सकारात्मक भूमिका निभाउन आफु सदैव तयार रहेको पनि राष्ट्रपतिले आश्वस्त पार्नु भयो । समग्रमा सुशासन र समृद्धिको राष्ट्रिय आकाँक्षालाई पुरा गर्न निजी क्षेत्रले सघाउनु पर्नेमा पनि राष्ट्रपतिले जोड दिनु भयो ।

सो अवसरमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था, नेपाल उद्योग परिसंघ (ऋल्क्ष्) ले निजी क्षेत्रको माध्यमबाट मुलुकको आर्थिक, उद्योग, लगानी विस्तार, निकासी प्रवद्र्धन, रोजगारी श्रृजना, पूर्वाधार विकास आदिको क्षेत्रमा सरकारसँग विभिन्न कार्यक्रमको माध्येमबाट निरन्तर सहकार्य गरी रहेको जानकारी गराउनु भयो ।

आगामी आर्थिक वर्षको बजेटमा गरिएको उत्पादनमुलक क्षेत्रमा गरिएको व्यवस्था, ऐन कानुनको सुधारमा सरकारले लिएको पहल, राष्ट्रिय महत्वका आयोजनामा सरकारले तोकेको प्राथमिकता जस्ता प्रावधानहरुबाट नेपालको निजी क्षेत्र उत्साहित छ । तापनि उद्योग–व्यवसाय विस्तार र पूर्वाधार विकासको क्षेत्र लगायत कतिपय क्षेत्रमा अझ पनि प्रक्रियागत समस्याहरु विद्यमान रहेको र समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर जाँदा त्यसको समाधान हुन्छ भन्ने विश्वास नेपाल उद्योग परिसंघले लिएको पनि अध्यक्ष मोरले उल्लेख गर्नु भयो ।

सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रममा निजी क्षेत्रको साझेदारी थप कसरी प्रभावकारी हुन सक्छ, कार्यान्वयन तहमा विद्यमान प्रक्रियागत समस्याहरुको समाधान र यी क्षेत्रहरुको कार्यान्वयनलाई कसरी निजी क्षेत्रमैत्री बनाउन सकिन्छ भन्ने उद्देश्यमा परिसंघले सरकारसँग सहकार्य गरिरहेको छ ।

आर्थिक समृद्धिका साझेदारको रुपमा रहेको निजी क्षेत्रले उठाएका विषयमा सरकारको ध्यानकर्षण गराउन राष्ट्रको अभिभावकको रुपमा सम्माननीय राष्ट्रपतिज्यूबाट सकारात्मक पहल हुने विश्वास परिसंघले लिएको पनि अध्यक्ष मोरले बताउनु भयो । सो अवसरमा उपस्थित परिसंघमा आवद्ध उद्योगी व्यवसायीहरुले आ–आफ्ना क्षेत्रगत उद्योग तथा लगानीको अवस्थाबारे राष्ट्रपतिसँग अन्तरक्रिया गरेका थिए ।

२०७६ जेठ ३१ गते प्रकाशित

वि.सं.२०७६ जेठ ३१ शुक्रवार १२:२० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...