back
NMB ad

विश्वको सबैभन्दा महत्वपूर्ण ब्रान्डको सूचीको ब्रान्डडेज ¥याङकिङमा हुवाइ माथि उक्लियो

Kumari bank ad

काठमाण्डौ । हुवाइले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको छ । डब्लुपीपीको रिसर्च आर्म क्यान्टरले प्रकाशन गरेको ब्रान्डडेजको वार्षिक सबैभन्दा बढी महत्त्वपूर्ण ग्लोबर ब्रान्डस् स्टडीमा हुवाइ गत वर्षभन्दा एक स्थानमाथि उक्लिदैँ ४७औँ स्थानमा पुगेको छ । साथै ब्रान्ड भ्यालुमा पनि ८ प्रतिशतले वृद्धि भएको छ ।

हुवाइ पी ३० स्मार्टफोनको अत्याधुनिक क्यामरा प्रणाली तथा फाइभ जी क्षमता र फोल्डेबल डिजाइन भएको अभूतपूर्व प्राविधिक नवीनता जडित हुवाइ मेट एक्स ह्यान्डसेट संचारक्षेत्र र ग्राहकहरू माझ लोकप्रिय छ । साथै सबैभन्दा राम्रो प्रोडक्ट रिभ्युहरू, अनगिन्ती पुरस्कारहरू र सफलता पाएको छ र यो हुवाइको बढ्दो बिक्रीबाट पनि झल्किन्छ।
एउटा अग्रणी विश्लेषक कम्पनी आइडीसीले हालैको विश्वव्यापी मोबाइल डिभाइस ट्र्याकरमा हुवाइको आपूर्तिमा वर्षै पिच्छे ५० प्रतिशतले भन्दा बढी वृद्धि भएको विषयलाई जोड दिएको छ ।

मोबाइल फोनहरूको दुनियाँमा हुवाइ कम्पनीले आफ्नो स्थानलाई बलियो बनाउँदै व्यापारिक कोणबाट सामसङ सँगको दूरी कम गर्दै विश्वव्यापी रूपमा सबैभन्दा दोस्रो धेरै बिक्री हुने मोबाइलका रूपमा स्थान सुदृढ बनाएको छ ।
आइडीसीका अनुसार हुवाइले स्मार्टफोनको वर्गतर्फ विश्वव्यापी बजार सेयरको १९ प्रतिशत ओगट्दछ र सन् २०१९ को पहिलो तीन महिनाको अवधिमा आपूर्तिमा वृद्धि हुँदै ¥याङकिङको सबैभन्दा शीर्ष स्थानमा रहन सफल एकमात्र स्मार्टफोन भेन्डर बन्यो ।

हुवाइको सफलताले विश्वव्यापी अर्थतन्त्रमा चिनियाँ ब्रान्डहरूको बढ्दो सफलतालाई उजागर गर्दछ । ब्रान्डजेडको प्रतिवेदन स्थान पाएका ९ वटा नवप्रवेशीहरू मध्ये चारवटा कम्पनीहरू चीनमा आधारित रहेका छन् भने उत्कृष्ट १०० भित्र परेकामध्ये १५ वटा चिनियाँ कम्पनीहरू रहेका छन् । भविष्यका बारेमा बताउँदा समाज र ग्राहकहरूलाई फाइदा पु¥याउने प्रविधिहरूको विकास गर्ने हुवाइको प्रतिबद्धताले हुवाइको प्रतिष्ठा बढाउने र विश्वव्यापी ग्राहकहरुमाझ सबैभन्दा अगाडि उभिने पक्का देखिएको छ ।

जस्तै कि हुवाइको एआई फर गुड अभियानले आर्टिफिसियल इन्टेलिजेन्स कसरी परिवर्तनकारी प्रविधि बनी चुनौतीहरू चिर्न र जीवन बचाउने सम्भावनाहरू बढाउन मानव जगतलाई सघाउँछ भन्ने पुष्टि गर्छ । हालैका कार्यहरूमा श्रवण क्षमता नभएका बालबालिकाका लागि किताबहरू अनुवाद गर्ने, दृष्टिबिहीनका लागि अनुहारका भावहरू पढ्ने र पहिलो चरणमै रहेको र उपचार गरेर निको हुन सक्ने दृष्टि सम्बन्धी समस्याहरूको पनि पहिचान गर्दछ ।

हुवाइ कन्ज्युमर बिजनेस ग्रुपको बारेमा हुवाइका उत्पादन तथा सेवाहरू १ सय ७० देशहरूमा उपलब्ध छ तथा विश्वको एक तिहाई जनसंख्याले यसको प्रयोग गर्दछ । सन् २०१८ मा मोबाइलफोन आपूर्तिका आधारमा विश्वमा दोस्रो स्थानमा रहन सफल भयो । संयुक्त राज्य अमेरिका, जर्मनी, स्वीडेन, रुस, भारत तथा चीनमा १६ वटा आर एण्ड डी सेन्टरहरू स्थापना गरिएका छन् । ह्वावेको तीनवटा व्यवसायिक इकाईहरूमध्येको हुवाइ कन्ज्युमर बीजी एक हो तथा स्मार्टफोन, कम्प्युटर, ट्याब्लेट, वेयरएबल तथा क्लाउड सेवाहरू प्रदान गर्छ । हुवाइको विश्वव्यापी संजाल टेलिकम उद्योगको झण्डै तीस वर्षको दक्षता माथि बनेको छ तथा विश्वभर रहेका उपभोक्ताहरूलाई पछिल्लो प्राविधिक विकासहरू उपलब्ध गराउन समर्पित रहँदै आएको छ ।

२०७६ असार ५ गते प्रकाशित

वि.सं.२०७६ असार ५ बिहीवार ११:३१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...