back
NMB ad

जुनसुकै ठाउँमा गाडी बिग्रेको खण्डमा मर्मत सेवा

Kumari bank ad

काठमाडौं । ई–ट्रान्सपोर्टेशन सर्भिस प्रा.लि.ले सुचना प्रविधिको उपयोग गर्दै नेपालभर सामान ढुवानी सेवालाई सहज, सरल, व्यवस्थित र पारदर्शी बनाउन तथा निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले ई–ट्रान्सपोर्टेशन सर्भिस www.nepalets.com संचालनमा ल्याएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उक्त सेवाको विधिवत रुपमा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुर पण्डितले उद्धघाटन् गरेका हुन् । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहाल, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेल, आईटी एक्सपर्ट रोबट विश्वकर्मा, सफ्टवेयर डेभ्लपर आलोक पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री पण्डितले नविनतम सोचका साथ सुरु भएको उक्त सेवाको सफलताको शूभकामना व्यक्त गरे । उनले वर्तमान सरकार पनि ई–गभर्नेन्सतर्फ अघि बढिरहेको सुनाए । उनले भने,‘हामी ई–गभर्नेन्स प्रणालीमा छिटो जान चाहन्छ । र, निजी क्षेत्रबाट जुन यो प्रयास भएको छ । अझै धेरै प्रयास हुन जरुरी छ । यसको निम्ति सरकारको तर्फबाट गर्नुपर्ने जुन भूमिका निर्वाह गर्नुपर्छ, सामान्य र सहकार्य हुँदा पूरै सहयोग प्राप्त हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु।’

पण्डितले सरल र सहज सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन फलदायी हुने बताए । पेपरलेश क्याविनेट बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई ल्यापटप दिएको सुनाउँदै पण्डितले भने,‘मन्त्रिपरिषद पेपेरलेस भएर अघि बढेको छ । प्रमले एक महिनाभित्र यदि नियुक्त भएका मन्त्रीहरुले पेपेरलेश क्याबिनेटमा जान्नुभएन भने, ल्यापटप र मन्त्री पद पनि उपहार दिएर विदा गर्ने भन्नुभएको थियो । अहिले पेपरलेश छ ।’

उनले भविष्यमा संघीय संसदले पनि पेपशरलेशको तयारी गरिरहेको जनाए । पण्डितले थपे,‘त्यहाँ पनि पेपरलेश हुन्छ । सरकारको लगानी जुन पेपरमा लाग्छ, त्यो भन्दा धेरै सस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ ।’

सरकारी गाडीको दुरुपयोग रोक्नको लागि आँफैले ०७१ सालमा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउन खोजेको स्मरण गराउँदै निकट भविष्यमा उक्त प्रणाली लागु हुने मन्त्री पण्डितको भनाई छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले ढुवानी सेवामा प्रा.ली.को उक्त थालनीसँगै सामान ढुवानी क्षेत्रमा भएका समस्या तथा विसंगतिहरु न्यूनिकरण गर्न महत्वपूर्ण सावित हुने विश्वास दिलाए ।

उनले भने,‘यातायात क्षेत्रमा भएका सबैखाले समस्या र विकृति तथा विसंगतिहरुको अन्त्यको लागि सरकार र निजी क्षेत्र दुवै मिलेर सहकार्य गर्नुपर्छ ।’ उनले नयाँ प्रविधिसहित सुरु भएको यो सेवालाई आफूहरुको पूर्ण साथ र सहयोग रहने पनि प्रतिबद्धता जनाए ।

प्रा.लि.ले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हामीले वेबसाईट र मोबाइल एप्लीकेसन nepalets बाट सेवा प्रदान गर्ने छौं । सेवा लिनका लागि सामान ढुवानी गर्ने/गराउने दुवै पक्ष (व्यक्ती, कम्पनी र गाडी चालकले www.nepalets.com वा मोबाइल एप्लीकेसन nepalets मा रजिष्ट्रेसन गर्नु पर्ने हुन्छ जुन निशुल्क छ । रजिष्ट्रर भइसकेपछि सेवाग्राहीले घर/अफिस अथवा जहाँसुकैबाट आफुलाई चाहिएको सेवा लिन ई–ट्रान्सपोर्टेशन सर्भिसमा खबर गर्न सकिने छ । ई–ट्रान्सपोर्टेशन सर्भिसले दुवै पक्षको माग र आवश्यकता पुरा गर्न मध्यस्तकर्ताको भुमिका खेल्ने छ ।’

ई–ट्रान्सपोर्टेशन सर्भिस प्रा.लिका प्रवन्ध निर्देशक सन्तोष मण्डलले उक्त सेवाको उपयोगिताको बारेमा प्रकाश पारेका थिए । उनकाअनुसार उक्त प्रा.लिले मुलतः नेपालभरी कुनै पनि ठाउँबाट जुनसुकै ठाउँमा सामान ढुवानीसँग सम्बन्धित सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, उनले आफूहरुले यो सेवामार्फत निजी सवारी (गाडी) प्रयोगकर्तालाई लक्षित गरि जुनसुकै ठाउँमा गाडी बिग्रेको खण्डमा मर्मत सेवासमेत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
उनले भने,‘यसका लागि सेवा प्रदान गर्ने यातायात व्यवसायी, चालक, सवारी मर्मत गर्ने वर्कशपहरु रजिष्ट्रर हुनुपर्ने छ र सेवा लिने अर्थात् सामान ढुवानी गर्ने कम्पनी वा व्यक्तिसमेत रजिष्ट्रर भएको हुनुपर्ने छ ।’ देशैभरिका सेवाग्राहीहरुले रजिष्ट्रेसन गरेपछि सबै ठाउँमा सेवा सुचारु हुने उनले स्पष्ट पारे ।

उनले थपे,‘अहिले शुरुवाती चरणमा रजिष्ट्रेसन भएका स्थानबाट मात्र सेवा प्रदान गर्दै लगिनेछ । र, यसलाई क्रमशः बढाउँदै लैजान सबैमा यो सरल सेवाबारे सबैमा जानकारी मिडियाहरुको महत्वपूर्ण साथ र सहयोगको अपेक्षा गरेका छौं ।’

कार्यक्रममा प्रा.लि.का अध्यक्ष रामेश्वर मण्डलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन नविना श्रेष्ठले गरेकी थिईन् । उक्त सेवाको बारेमा मिडिया व्यवस्थापनको सम्पुर्ण काम भने ग्लोबल प्रोडक्शन प्रा.लि.ले गरेको हो ।

२०७६ असार १० गते प्रकाशित

वि.सं.२०७६ असार १० मंगलवार ११:१९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...