back
NMB ad

विदेशी डीटीएच र भारतीय टी.भी. च्यानलहरु बन्द

Kumari bank ad

काठमाडौं । नेपाल केबल टीभी महासंघले मंगलबार दिउँसो ३ बजेसम्मका लागि विदेशी च्यानलहरु बन्द गरेको छ । सरकारको क्लिन फिड नीतिको विरोध स्वरुप विदेशी च्यानलहरु बन्द गरीएको महासंघले जनाएको छ ।

महासंघले सोमबार दिउँसो ३ बजेदेखि २४ घन्टाका लागि विदेशी डीटीएच र भारतीय च्यानलहरु बन्द गरेको हो । टीभी सेवाप्रदायक कम्पनीहरुसँग सरकारले समन्वय नै नगरी र विनाअध्ययन विज्ञापनरहित च्यान सञ्चालन गर्ने नीति ल्याउन सरकारले अगाडि बढेकोले सांकेतिक विरोधस्वरुप २४ घन्टाका लागि विदेशी च्यानलहरु बन्द गर्नुपरेको महासंघले जनाएको छ ।

क्लिन फिड लागू गर्दा डिजिटल टेलिभिजन व्यवसायको लगानी धरापमा परेको महासंघको ठहर छ। नेपालमा प्रसारण हुने विदेशी च्यानलमा उतैका विज्ञापन राख्न बन्देज लगाउने नीति नै क्लिन फिड हो । संघीय संसदमा छलफलका क्रममा रहेको विज्ञापन नियमनसम्बन्धी विधेयकमा क्लिन फिड हुनुपर्ने प्रावधान राखिएको छ । नेपालमा हाल दुई सयभन्दा बढी विदेशी च्यानलहरु प्रसारणमा छन् । जुन नेपाल प्रसारित हुने च्यानलहरुको ८५ प्रतिशतको हाराहारीमा हुन आउँछ ।

विज्ञापनरहित विदेशी च्यानल बन्द गर्नुपर्दा नेपाली च्यानलबाट मात्रै टीभी व्यवसाय नचल्ने र ५० हजारभन्दा बढीले रोजगारी गुमाउने अवस्था आउने महासंघले जनाएको छ।

२०७६ असार १० गते प्रकाशित

वि.सं.२०७६ असार १० मंगलवार १३:४३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...